धरान । धरान उपमहानगरलाई ग्रिन एड क्लिन वनाउनको लागि नेपाली काँग्रेसले अभियान शुरु गरेको छ ।  जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा नेपाली काँग्रेस सुनसरी क्षेत्र न  १ र धरान उपमहानगर समितिको आयोजनामा उक्त अभियान शुरु गरिएको हो । 

नगरसमिति र सुनसरी क्षेत्र नं १ को संयुक्त आयोजनामा धरान १३ र २० मा रहेको बीपी स्मृति पार्कमा राखिएको बीपीको शालिकमा माल्यार्पणसँगै वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।नेपाली काँग्रेस क्षेत्रीय सभापति सजेन्द्र तामाङका अनुसार  ‘ग्रिन एण्ड क्लिन धरान अभियान’ अन्तर्गत धरानका विभिन्न ठाउँमा विभिन्न जातका वृक्षारोपण गरिएको वताइएको छ ।

कोशी प्रदेशका विना विभागीय मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारको प्रमुख आतिथ्यमा कार्यक्रम  आयोजना गरिएको थियो  ।कार्यक्रमका प्रमुख अतिथी मन्त्री सुनुवारले नेपाली काँग्रेसमा आवद्ध जो कोहीले वीपीले प्रतिपादन गरेको सिद्धान्त अहिले पनि सान्दर्भिक भएकोले अंगालेर जानुपर्नेमा जोड दिनु भएको थियो ।

नेपाली साहित्य क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो ।विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनीँ पहिलो निर्वाचित प्रधानमन्त्री वन्नु भएको थियो । उहाँको २०३९ साउन ६ गते आजकै दिन निधन भएको थियो ।