धरान । शिल्पी र दलित विशेष समिति र जसपा नेपाल इटहरीले ठगी आरोपमा जेल जीवन गुजारी रहेका ईटहरी – २० का मजदुर लालबहादुर बिक निर्दोष रहेको भन्दै न्यायको लागि शान्तिपूर्ण खबरदारी कार्यक्रम सम्पन्न गरेको छ । 

dd

सुनसरीको इटहरी उपमहानगरपालिका वडा न  २० का मजदुर लालबहादुर बिक इटहरीकै वडा न १९ स्थित तरहरामा रहेको सिंहदेवी ज्वलर्समा कार्यरत हुन ।ज्वलर्सका प्रोपाइटर दिपक बिक ,उनका बुवा कृष्ण बहादुर बिक र सीता बिक सहित जेल जीवन बिताइरहेका छ्न .

निर्दोष लालबहादुर बिकलाई ठगी गरेकोआरोपमा ३ करोड १४ लाख भन्दा धेरै बिगोमा बिगत ८ महिना देखि झुम्का कारागारमा राखिएका छ्न । सो मुद्दाका जाहेरी वाला अधिकांशले लालबहादुर बिकले आफुहरुलाइ ठगी नगरेको र  उनी निर्र्दाेष रहेको दाबी गर्दै आउनु भएको छ भने करोडौं ठगि गरेर कार्वाही भोग्दै आएका  सिंहदेवी ज्वलर्सका प्रोपाइटर दिपक बिक , कृष्ण बहादुर बिक ,सीता बिकले समेत मजदुर लालबहादुरले गलत नगरेको दावी गर्नु भएको छ । 

निर्दोष लालबहादुरको न्यायको माग गर्दै शान्तिपूर्ण खबरदारी आन्दोलन सहित स्थानीय सरकार ईटहरी उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेललाइ भेटी ज्ञापन पत्र बुझाएको छ । साथै स्थानीय सरकार इटहरी उपमहानगरपालिका मार्फत प्रधानमन्त्री ,गृहमन्त्री, कानुन तथा न्याय मन्त्रालय , राष्ट्रिय दलित आयोग ,राष्ट्रिय मानवअधिकार आयोग उच्चअदालत विराटनगर समेतलाई ज्ञापनपत्र बुझाइएको हो । 

ज्ञापनपत्र बुझाए लगत्तै ठुलो संख्यामा लालबहादुरको न्यायको निम्ति नारा जुलुसका साथ इटहरी नगरपरिक्रमा पछी इटहरी चोकमा कोणसभा समेत भएको थियो कोण सभा कार्यक्रममा जनता समाजवादी पार्टीका राजनीति समिति सदस्य दल मर्दन कामीले सुनसरी जिल्ला अदालतले मजदुर बिक माथि अन्याय गरेको भन्दै निर्दोष लालबहादुर बिकलाई बिना सुझबुझ सुनसरी जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्यालाइ बर्खास्त गर्नुपर्ने बताउदै निर्दोष लालबहादुर बिकको न्यायका निमित्त सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छ्न ।

लालबहादुर बिकको न्यायको निम्ति स्वतन्त्र नागरिक बुद्धिजीवी युवा विद्यार्थीहरुले स्वतस्फूर्त देशको राजधानी काठमाडौं माइतीघर,विराटनगर लगायतका शहरहरुमा विरोध स्वरूप न्यायको माग गर्दै कार्यक्रमहरु हुदै छ्न त्यस्तै गरि साउन ५ मा इटहरीमा शिल्पीरदलित विशेष समिति प्रदेश १ र जसपा नेपाल ईटहरीले बृहत शान्तिपूर्ण खबरदारी कार्यक्रम गरेको हो ।कार्यक्रममा जसपा केन्द्रिय सदस्य योसा गुरागाइ ,जसपा नगर अध्यक्ष डिल्ली सुब्बा,साहित्यकार भोलामान बर्देवाले लालबहादुर लाई तत्काल न्याय दिनुपर्ने बताउनु भयो  । 

कार्यक्रमको अध्यक्ष शिल्पी दलित विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश बिकले गरेका थिएभने जसपा नेपाल इटहरीका सचीव शान्तिराम गौतमले कार्यक्रम संचालन गर्नु भएको थियो  ।

उक्त कार्यक्रममा निर्दोष लालबहादुर विकलाई न्याय दे , लालबहादुर विक निर्दोष छन् ,न्याय दिलाउन नसक्ने न्यायालय मुर्दावाद,मजदुरमाथिको अत्याचार बन्द गर ,निर्दोष लालबहादुरलाई फसाउने न्यायाधिश मुर्दावाद ,निर्दोष लालबहादुर लाई न्याय दिन नसक्ने न्यायाधीशलाई बर्खास्त गर जस्ता नाराहरु लगाएका थिए ।