धरान / नेपाली तथा स‌स्कृत भाषा साहित्य क्षेत्रमा अमूल्य योगदान दिएको भन्दैं पिण्डेश्वर क्याम्पसका प्राध्यापक डा. सागरमणी सुवेदीलाई धरान १४ को आइडियल इङ्गलिस बोर्डिङ्ग स्कुलले सम्मान गरेको छ ।

बुुधबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका सल्लाहाकारसमेत रहनु भएका प्राडा सुवेदीलाई सम्मान गरिएको हो । विद्यालयका निर्देशक सागर खड्का र कार्यक्रमका प्रमख अतिथि धरान उपमहानगरपालिका १४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले सम्मान पत्र र खादा लगाएर सम्मान गर्नु भएको छ । 

सोही अवसरमा  २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएर पास गर्ने विद्यार्थीहरुलाई पनि विद्यालयले औपचारिक रुपमा बधाई ज्ञापन गरेको छ । तीन जान ए प्लस ल्याउनेसहित गरेर ३१ जना विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा  प्रमुख अतिथि कृष्णप्रसाद भट्टराईले शैक्षिक क्षेत्रमा आइडियल स्कुलको महत्वपूर्ण भूूमिका रहेको बताउनु भयो । उहाँले विद्यालयहरुमा कितावी ज्ञानसँगै व्यवहारिक शिक्षा पनि प्रदान गर्नु पर्ने बताउनु भयो ।

यसै गरि सम्मानित व्यक्तित्व प्राडा. सागरमणी सुवेदीले विद्यालयले गरेको सम्मानले अझ आफ्नो कर्ममा थप उत्साही भएर लाग्न उर्जा मिलेको बताउनु भयो । उहाँले विद्यालयहरुले विद्यार्थीहरुलाई जीवन उपयोगी सीप प्रदान गर्नु पर्ने बताउनु भयो । आफ्ना नानीहरु पनि यही आइडियल स्कुलमा कक्षा १० सम्म अध्ययन गरेर जादैं गर्दा संस्कार र संस्कृतिबारे नानीहरुले बुझेकाले विद्यालयको शिक्षा उत्कृष्ट भएको भन्दैं प्रशंसा गर्नु भयो ।


कार्यक्रममा सम्मानित व्यक्तित्व प्राडा. सुवेदीको विषयमा देवेन्द्र कार्कीले चर्चा गर्नु भएको थियो । भागवत गीताले भने झै 'कर्म गर फलको आशा नगर' भन्ने कुरा प्राडा. सुवेदीको जीवनमा लागु भएको उहाँले चर्चा गर्नु भयो । प्राडा सुुवेदी इलामको एउटा गाउँमा जन्मिएर पनि यति बेला नेपाली तथा संस्कृत साहित्यमा अतुलनिय योगदान दिएको विद्यालयका निर्देशक सागर खड्काले बताउनु भयो । राष्ट्रका धरोहरलाई विद्यालयबाट सम्मान गर्न पाउदा आफुहरुलाई गौरव लागेको निर्देशक खड्काले बताउनु भयो । कार्यक्रममा एसईईमा ३.८ जिपीए ल्याउने सम्पन्न सुुवेदी र ३.७ जिपीए ल्याउने सायस्था दाहालले विद्यालयबाट सिकेका कुरा सहभागीहरुलाई अवगत गराएका थिए । विद्यालयको पारिवारिक वातावरणमा सिक्ने मौका पाउदा नै आज उत्कृष्ठ नजिता आएको उनीहरुको भनाई थियो । विद्यालयका सहायक प्रधानाध्यपक मनोज गुरुङले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने कक्षा ८ का अनमोल खत्रीले गीत गाएर उपस्थितहरुलाई मनोरञ्जन दिलाउनु भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षाक, अभिभावकलगायतकाे उपस्थिती रहेकाे थियाे ।