धरान । धरानमा मोटरसाइकल चोरीको घट्ना रोकिएको छैन । पटक –पटक मोटरसाइकल चोरीको घट्ना भएपनि प्रहरीले चोरीमा संलग्नहरुलाई पक्राउ गर्न सकिरहेको छैन । जस्ले गर्दा पनि चोरीको घट्ना वढिरहेका छन् ।

मोटरसाइकल चोरीको घट्ना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हुने गरेको छ ।   आज विहान ४ः३० बजेको समयमा गाइनो वार्डमा को २१ प २२०० नम्बरको १५० सिसीको रातो पल्सर र को २६ प २५७१ नम्बरको निलो पल्सर चोर्ने प्रयास गर्नेलाई  प्रतिष्ठानको प्रहरीले थाहा पाएर पक्राउ गरेको छ । 

डियुटीमा खटिएका सेक्युरिटी गार्ड गौरव श्रेष्ठ,रत्न नेम्बाङ र सनम राईले पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा बुझाएका हुन् । एकजनालाई ड्युटीमा खटिएका सेक्युरिटी गार्डले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । मोरङ केराबारी ८ का बर्ष २५ का अर्जुन चौधरीलाई गाइनो वार्ड अगाडि मोटरसाइकल चोर्दाचोर्दे गरेको अवस्थामा बीपीका सेक्युरिटी गार्डले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका हुन् ।

पक्राउ परेका चौधरीका विषयमा बुझ्ने काम भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले बताए । हुन त प्रतिष्ठानमा मोटरसाइकल चोरी हुने घट्ना पहिलो भने होइन । यहाँ पटक पटक चोरी हुने गरेको छ ।गाइनो वार्डको ठीक विपरीत दिशामा ‘तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ लेखिए पनि वास्तमा त्यहा सिसी क्यामरा नै लगाएको छैन ।