• खगेन्द्र कार्की 

 सप्तरी /  बालिका बलात्कारको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिकाबाट ४ जनालाई प्रहरीले पक्राउ  गरेकाे छ।   कन्चरुप नगरपालिका वडा नम्वर १२ मा गत शुक्रवार राति १७ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कारको आरोपमा ४ जनालाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यलय कंचनपुरले जनाएको छ।

बलात्कार घटनाका योजनाकारसहित चार जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक दिपककुमार राईले जानकारी दिनु भयाे । घटनामा संलग्न रहेका चारै जनालाई प्रहरीले  नियन्त्रणमा लिइ  थप अनुसन्धान सुरु गरिएकाे उहाँले बताउनु भयाे ।

बलात्कारको आरोपमा पक्राउ पर्नेहरुमा वडा न १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदी रहेका छ्न ।

रातिको समयमा बालिकालाई घरबाट निकालेर कोहि नभएको घरमा लगि कैलाशले नै सुदिप, मनोज र दिपेशलाई बलात्कार गर्न निर्देशन दिएकाे  वयानको क्रममा खुलेको  प्रहरीले जनाएकाे छ।

शुक्रवार मध्येराति ती बालिकाको घरमै पसेर चारै जनाले कोही नबस्ने छेउको घरमा पुर्याएर पालो सुदिप, मनोज र दिपेशले बलात्कार गरेको पीडितको  जाहेरीमा उल्लेख गरिएको   प्रहरीले बताएको छ