धरान । विद्यार्थी अभिभावकको रोजाईमा रहेको पव्लिक माविले धरानमा यो वर्षदेखि व्यूटिसियन कक्षा शुरु गर्ने भएको छ । 

नयाँ शैक्षिक सत्र शुरु भएसँगै कक्षा ११ देखि कोर्षमा नै राखेर विद्यार्थीलाई व्यूटिसियन सम्वन्धी पढाई शुरु गरिने पव्लिक मावि धरानका प्राचार्य इन्द्र मोहन झाले वताउनु भयो । 

विद्यार्थी पढ्दै कमाउँदै भन्ने नीति अनुशार पव्लिक माविले यो वर्षदेखि व्युटिसियन कक्षा पनि शुरु गरेको हो ।प्राचार्य झाले भन्नु भयो,‘धरान फेसेनवलहरुको शहर पनि हो,त्यसैले धरानको आवस्यकता र माग पनि हो,व्युटिसियन तालिम गर्नका लागि आफै खर्च गरेर सिक्छन्,हामीले यो वर्षदेखि पढाई नै शुरु गरेका छौ,रोजगारमुलक शिक्षा नै आजको आवस्यकता हो,त्यसैले यो विषयलाई हामीले प्राथमिकतामा राखेका हौ।’

विद्यालयले व्युटिसियन पढ्न चाहनेको लागि छुट्टै कक्षा सञ्चालन गर्ने र ल्याव सहित हुने भएकाले विद्यार्थीले पढ्दै कमाउने पनि भएका छन् । विद्यालयमा नै ल्याव सहित हुने भएकाले अभिभावकहरुले अन्तयन्तै न्युन खर्चमा त्यहाँका विद्यार्थीहरुले उक्त सेवा प्रदान गर्ने विद्यालयले जनाएको छ । नयाँ शैक्षिक सत्रमा विद्यालयले यस्तो विषयमा पनि पढाउने भएकाले विद्यार्थीको आकर्षण पव्लिक माविमा थप वढेको छ । 

काठमाण्ढाै‌ र पोखरा पछि पुर्वमा पहिलो पटक व्यूटिपार्लर सम्वन्धीको कक्षा पव्लिक मावि धरानले शुरु गरेको हो । यसैगरि पव्लिक मावि धरानले यसै वर्षदेखि सिटीइभिटीबाट डिप्लोमा इन कम्प्युटरको लागि अनुमति प्राप्त गरेकाले यो वर्षदेखि डिप्लोमा इन कम्प्युटर पनि पढाई हुने भएको छ । यही साउन १२ गते सम्म इन्ट्रान्सको लागि फर्म वितरण विद्यालयले गरिरहेको छ भने साउन २४ गते विहान ८ वजे विद्यालयले इन्ट्रान्स परीक्षा गर्ने प्राचार्य झाले वताउनु भएको छ । तीन वर्षे डिप्लोमा इन कम्प्युटरको लागि ४८ जना विद्यार्थीको सीट रहेको विद्यालयले जनाएको छ । यसैगरि यसै वर्षदेखि होटल म्यानजमेण्टको कक्षा पनि शुरु गर्ने भएको छ । 

विद्यार्थीको लागि आजको आवस्यकता प्राविधिक र रोजगारमुलक शिक्षा भएकाले पनि पव्लिक मावि धरानले सोही कुरालाई वढी प्राथमिकता दिएको छ ।  उक्त विद्यालयमा निजी विद्यालयका विद्यार्थी समेत अध्ययन गर्नको लागि जाने गरेका छन् ।