धरान ।धरान –१४ स्थित बिजयपुर क्षेत्रमा निर्माण भएको चर्च विवादको छलफल वार्ता निस्कर्ष विहिन भएको छ ।

आईतवार धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राईको रोहबरमा उहाँकै  कार्यकक्षमा  भएको वार्ता निस्कर्ष विहिन टुङ्गिएको छ । धरान १४  विजयपुरस्थित गोपाल मन्दिर नजिकै ईसाई धर्मावलम्बीहरुले निर्माण गरेको  चर्चको  बिषय विवादित भएपछि  धरान ख्रीस्टिय समाज र विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिका पदाधीकारीहरु विच भएको वार्ता चर्काचर्की परेर एक अर्काको अडान नछाडदा वार्ता बिना   निस्कर्ष टुङ्गिएको हो ।

361654151_971926940517881_3859951882244838696_n

धरान ख्रिस्टिय समाजले नजिकै भनिएको  गोपाल मन्दिरको   दुरी टाढा नै रहेको दावी गर्दै  नदेखिने गरी ठुलो कम्पाउन्ड लगाएर बारबेर गर्ने बताए तापनि विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिका पदाधीकारीहरुले चर्च स्थानतरण गर्नै पर्ने दवाव दिएपछी वार्ताबाट  कुनै नतिजा निक्लेन  । ख्रीस्टिय  समाजको तर्फबाट आएका वार्ता टोलीहरुले चर्च निर्माणमा प्राविधिक त्रुटीहरु भएको स्विकार्दै बाकी प्रकृया पुरा गर्ने प्रतिवद्दत्ता जनाएपनी धार्मिक संरक्षण समन्वय समितिले भने भविष्यमा  धार्मिक सद्भाव भड्काउने गरि गलत आसयले मन्दिर नजिकै चर्च बनाइएको भन्दै हटाउनुपर्ने वा पार्टी प्यालेस भनेर बनाइएकोले सोही उद्देश्यको लागि मात्र प्रयोगमा ल्याउनुपर्ने अडान छोडेनन् । 

यता धार्मिक संरक्षण समन्वय समितिले भारतको मणिपुरमा भएको घटनाको उदाहरण दिएर अगामी दिन इसाईहरु माथी कोही कसैले दुर्वव्यवहार गरे त्यस्को   जिम्मेवार आफुहरुले नलिने बताएका थिए  । सदियौ देखि विजयपुर क्षेत्रलाई  धार्मिक क्षेत्र रुपमा हेरिदै आएकोमा इसाईहरुले प्रबेशद्वारमै चर्च निर्माण गरेर द्धन्दको विजारोपण गरेको आरोप समितीले लगाएको छ  । यता ख्रीस्टिय समाजले भने चर्च निर्माण गर्नु कुनै पनि धर्मलाई असर पुर्याइ धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनु नभएको जिकिर गरेका छन् । 

वार्ता  निस्कर्ष विहिन भएपपछि विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिका संयोजक कै उपस्थितीमामा मात्र वार्ता गर्ने ख्रीस्टिय समाजको माग छ । यही छलफलका बिषयमा मेयर साम्पाङले भने धार्मिक बिषय भएकाले यस बिषयमा नगरले  निर्णय गर्न नसक्ने भन्दै सके सम्म मिलेर जान आग्रह गर्दै मिल्न नसके अन्य निकाय पनि भएको हुनाले त्यही निकायमा गएर समन्वय गर्न पनि आग्रह गर्नु भएको छ ।