धरान . हिविसकस इङ्लिस बोडिङ स्कुल धरान– १५ ले विद्यार्थीहरुका लागि हिविस्रकस क्यारीयर कानुनको लागि परामर्श कार्यक्रम सम्पन्न गरेको छ । 

स्कुलले कक्षा ११ मा कानुन विषय अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई कानुनी पेसाको विषयमा परामर्शको आयोजना गरेको हो ।

कानुन विषयका शिक्षक अधिवक्ता देवेन राईले कानुन विषयको आवश्यकताको विषयमा जानकारी गराउनु भएको थियो । उहाँले रोजगारीको ग्यारेन्टी भएको विषय भएको दावीसमेत गर्नु भयो । 

शिक्षक राईले कानुन विषयमा कक्षा १२ अध्ययन पुरा भएपछि हुने उपलव्धि र एलएलवी पछिको उपलव्धिका विषयमा प्रष्ट पार्नु भएको थियो । 

उहाँले अन्य विषयको जतिकै कानुन अध्ययन गर्ने विद्यार्थीको पनि भविष्य उज्जवल रहेको उहाँले बताउनु भयो ।  स्कुलका निर्देशक गगांराम राईले सवैभन्दा छिटो र सजिलो रोजगारीको ग्यारेन्टी भएकोले कानुन विषयमा अध्ययन गर्न सुझाव सहभागीहरुलाई सुझाव दिनु भएको थियो । 

कक्षा ११ मा अध्ययन गर्नको लागि अन्यौलमा रहेका विद्यार्थीहरुलाई कानुन विषय अध्ययन गर्नको लागि अन्यौल नहोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना स्कुलका निर्देशक  राईले जानकारी दिनु भयो ।  स्कुलका संचालक पवन झाले कानुन विषयको आवश्यता र औचित्यको वारेमा जानकरी गराउनु भएको थियो ।