मोरंग। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अभियोगमा मोरङको शिक्षा सदन माध्यमिक विद्यालयका शिक्षक रामचन्द्र मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शिक्षक पदमा नियुक्तिका लागि झुठा शैक्षिक विवरण पेस गरेको आरोपमा मंगलबार आयोगले मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मण्डलले भारतको मगध विश्वविद्यालयबाट बीएस्सी उर्तीण गरेको भनि पेस गरेको प्रमाणपत्र नक्कली रहेको आयोगले बताएको छ ।

आयोगले उनलाई भ्रष्टाचार ऐन बमोजिम सजाय गर्न माग गरेको छ ।