धरान  / उच्च शिक्षालय तथा माध्यमिक सवद्यालय संघ नेपाल(हिसान) सुनसरीले संघसँग आवद्ध जिल्ला भरी कक्षा ११ को प्रवेश परीक्षा एकै मितिमा गर्ने भएको छ । 

विद्यालयहरुमा स्वच्छ प्रतिष्पर्धा होस भनेर यो बर्ष जिल्लाका सबै विद्यालयहरुमा एकै समय प्रवेश परीक्षा राखिएको संघका जिल्ला सचिव हेमन्त भण्डारीले जानकारी दिनु भयो । 

जिल्ला भरी २२ वटा शिक्षालयहरु हिसानसँग आवद्ध छन् । यही असार २७ गतेदेखि साउन १गतेसम्म धरान इटहरी क्षेत्रका विद्यालयहरुमा प्रवेश परीक्षाका मिति तोकिएको सचिव भण्डारीले जानकारी दिनु भएको छ ।