धरान  / नेपाल परिवार नियोजन सङ्घ सुनसरी जिल्ला शाखा कार्यसमिति सभापतिमा निर्मला अधिकारी विजयी हुनु भएको छ ।  उहाँको निकटतम प्रतिद्वन्द्वी सन्तोष सापकोटालाई ९९ सय मतान्तरले पछि पादैं अधिकारी विजयी ुहुनुु भएको हो । 

निर्वाचन संयोजक विष्णु बरालका अनुसार आज भएको चुनावमा अधिकारीले कुल २६१ मत प्राप्त गर्नु भएको थियो । साप्कोटाले १६२ मत प्राप्त गर्नु भयो । सभापतिका अर्का उम्मेदवार अलिम अन्सारी ३२ मत प्राप्त गर्नु भएको थियो । 

कार्यसमितिमा आरक्षित अपाङ्गता सदस्यमा सुनिल खड्का ३४९ मत प्राप्त गरी विजयी हुुनुु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विद्याहाङ लिम्बुले १०४ मत प्राप्त गर्नु भएको थियो । 

आजीवन तथा साधारण ८२४ सदस्य रहेको सङ्घको चुनावमा आज ४६५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।  ११ सदस्यीय कार्यसमितिका कोषाध्यक्ष र अन्य सदस्यहरूमा यसअघि निर्विरोध निर्वाचन भैसकेको छ ।