धरान । नेपाली कांग्रेसले आयोजना गरेको नकआउट खुला मिक्स डबल व्याडिमिन्टन प्रतियोगितामा राजकुमार थोप्रा र भुपेन्द्र राई प्रथम  हुनु भएको छ  । मंगलबार भएको फाइनल खेलमा सन्जुहाङ लिम्वु र निरज लिम्वुलाई २१–१६ र २१–१४ को सोझो सेटमा हराउंदै थोप्रा र राई प्रथम  हुनु भएको हो । त्यर्सैगरी खेमशंकर भण्डारी र विकास लिम्वु तथा दिपेन्द्र खड्का र सुवर्ण श्रेष्ठ तेश्रो हुनु भयो ।

प्रतियोगितामा १०८ जना खेलाडीहरु सहभागि भएको प्रतियोगिता संयोजक तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामाले बताउनु भयो । सहभागी खेलाडीहरुलाई थप हौसला प्रदान गर्न प्रमाण–पत्र समेत प्रदान गरिएको र प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुलाई असार ३० गते हुने सम्मेलनमा महामन्त्री गगनकुमार थापावाट प्रमाण–पत्र, मेडल र नगद पुरस्कार प्रदान गरिने समेत  वताइएको छ । 

कांग्रेसले सम्मेलनको अवसरमा असार २१ गते १ बजे बराहक्षेत्र ५ मा रहेको कालाबञ्जार हलमा रस्सी तान प्रतियोगिता, असार २२ गते धरान २ स्थित लोकतान्त्रिक चौक (भानुचौक) वाट ५ कि.मि. दौड प्रतियोगिता र सोही दिन २ बजे धरान १७ मा रहेको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा नेपाल पत्रकार महासंघ र पार्टी वीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि आयोजना गर्न लागेको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताउनु भयो । 

असार २९ र ३० गते कांग्रेसका प्रभावशाली यूवा नेता महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा धरान १३ स्थित धरान व्यान्क्वेटमा दुईदिने सम्मेलन गर्ने समेत क्षेत्रीय सह–सचिव सुमित राईले बताउनु भयो  ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको प्रतियोगिताको औपचारिक कार्यक्रममा प्रमुख अतिथि कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व संघीय सांसद मिना सुब्बाले विशेष संवोधन गर्न भएको थियो । कार्यक्रममा नेता चन्द्रप्रसाद श्रेष्ठ, प्रदेश सदस्य गणेश परियार, अन्जना राई, जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य सुवास राई, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोरखेल, पूर्व नगर सभापति किशोर राई, वडा अध्यक्ष प्रविन राई, जिल्ला सदस्य विनोद घिमिरे, क्षेत्रीय सल्लाहकारहरु गोविन्द बस्नेत, रत्न रिमाल, अजय राई, निर्मला गुरुङ, नेपाल तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्वु, नेपाल महिला संघ प्रदेश १(१) सभापति निर्मला नेपाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन नगर सचिव जितेन्द्र राईले गनु भएको थियो ।