सुनसरी ।बाढी पहिरोका कारण तीन वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् । 

विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् ।मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी, चारआली, इलाम, फिदिम, गणेशचोक, ताप्लेजुङ, ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको छ ।

यस्तै तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट, माझीटार, अमरापुरडाँडा, गणेश चोकखण्ड पनि अवरुद्ध छ ।कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर, इटहरी, धरान, धनकुटा, हिले, लेघुवाघाट, तुम्लिङटार, खाँदबारी, नुम–किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको छ ।