काठमाडौँ।  चर्चित  नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक  रविन तामाङकाे आज साँझ  निधन भएकाे छ ।  मंगलबार साँझ काठमाडाैंकाे बुढानीलकण्ठस्थित आफ्नै  निवासमा निधन भएकाे पारिवारिक श्रोतले पुष्टी गरेको छ।  

             प्रहरी स्राेतका अनुसार घरकाे काेठाभित्र घाेप्टाे परिरहेकाे अवस्थामा परिवारका सदस्यले झ्यालबाट देखेपछी  परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । ६० वर्षीय गायक तामाङको  केटा -केटी , भुलमा भुल्यो , पहिलो नाम , चिसो चिसो लगायतका थुप्रै लोकप्रिय गीतहरु रहेका छन्।  उहाँले छड्के , मुखौटा ,नाका , चिसो एसट्रे ,जय परशुराम , वान वे , छड्के २.० , लगायतका थुप्रै नेपाली चलचित्रहरुमा समेत मुख्य भूमिकामा अभिनय गर्नु भएकाे छ ।  उहाँले  प्राइम  एमाजनको  हिन्दी वेब सिरिज "द लास्ट आवर " मा समेत अभिनय गर्नु भएकाे छ ।