• देविबहादुर कार्की 

     साउदी /  गत  शुक्रबारका दिन मुस्लिम समुदायको महान पर्व इद अल २०२३ को अवसरमा ल्एाआएनए ताबुकको आयोजनामा  बृहत् सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया  सम्पन्न भएको छ । 

उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय समन्वय समिती ताबुकका अध्यक्ष नरबहादुर खतिवडाहनुभएको थियो । महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत  भुवन पौडेलको  प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भलिवल प्रतियोगीता समेत गरिएको थियो । 

कार्यक्रममा आमन्त्रित राजदूत नवराज सुवेदी र कावा महावाणिज्यदूत शत्रुधन पोखरेलको भिडियो शुभकामना सन्देश उपस्थित महानुभावहरुलाई प्रोजेक्टर मार्फत देखाइएको थियो।    कार्यक्रममा स्वागत मन्तव्य सावित्रा वनले राख्नुभएको थियो।  

सोही अवसरमा पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित १० टिमको सहभागिता थियो। जसमध्ये नियोम १ले प्रथम स्थान र लुलु सुपरमार्केटले दोस्रो स्थान हासिल गरेको थियो। 

कार्यक्रमको अर्को मुख्य आकर्षण नेपाली महिला दिदीबहिनीहरुले बनाएको नेपालीपनको झल्को दिने मःम, चाउमिन र सेलरोटीको परिकारले उपस्थित पाहुनाहरुलाई स्वागत गरिएको थियो । 

सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न महानुभावहरुले विविध बिधामा आफ्नो कला प्रस्तुत गर्नुभएको थियो।  कार्यक्रममा उपस्थित हुने सम्पूर्ण महानुभावहरुलाई गीत संगीतको माध्यमबाट भर पुर मनोरन्जन दिनुभएको  थियो। 

श्रमिक अन्तरक्रिया अन्तर्गत महावाणिज्यदूत भुवन पौडेलले श्रमिकहरुको भिन्न भिन्न गुनासोहरु सुनी दूतावासको तर्फबाट समस्याको समाधनका लागि सक्दो सहयोग रहने बताउनु भयो।  

बिभिन्न कम्पनीमा कार्यरत श्रमिक हरुले आ आफनो गुनासो राख्नु भएको थियो ।  कार्यक्रम कै दौरानमा आर सि सि ताबुकले सहभागि श्रमिकहरुसँङ श्रमिक सर्वेक्षण र कार्यक्रमको प्रतिकृया लिने काम पनि गरेको थियो।

कार्यक्रमको अन्त्यमा विजयी खेलाडीहरुलाई आर सि सि ताबुकका सस्थापक तथा सल्लाहकार भक्तबहादुर हमाल र आरसिसि ताबुकका वर्तमान अध्यक्ष नरबहादुर खतिवडाको हातबाट प्रमाणपत्र, शिल्ड, मेडल र नगद पुरस्कार वितरण गरिएको थियो ।