धरान  ।धरानमा भएको  एसइई स्पिकर २०८० को उपाधि बराहक्षेत्र  नगरपालिका स्थित बाल मन्दिर नडाहाकी एन्जिला कार्कीले जित्नु भएको छ । 

र्याडीकल लाइट नेपालले धरानमा सञ्चालन गरेको प्रतियोगिताको  शनिबार फाइनल भएको थियो भने विजेता कार्कीले पुरस्कार स्वरूप नगद २० हजार रुपैयाँ साथै प्लस टु पढ्न पूर्ण छात्रवृत्ति प्राप्त गर्नु भयो । 

अन्तिम चरणको प्रतियोगितामा फष्ट रनरअपको उपाधि शारदा बालिका स्कुलकी अनुशा राईले हासिल गरिन् । उनले नगद १५ हजार रुपैयाँ, प्लस टु अध्ययनमा ७० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नु भएको छ ।

सेकेण्ड रनरअप सरस्वती मावि पानमारीकी स्नेहा निरौला हुनु भयो । उहाँले नगद १० हजार रुपैयाँ, प्लस टु अध्ययनमा ६० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नु भएको छ  ।

थर्ड रनरअप सान्त्वना पुरस्कार चन्द्र संस्कृत माविका सागर दाहालले प्राप्त गर्न भयो भने नगद ५ हजार रुपैयाँ, प्लस टुमा ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नु भएको छ । जेठ २० गते भएको सेमिफाइनलबाट उत्कृष्ट १० जना फाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगितामा बेस्ट परफरमेन्स जनता मावि नडाहाकी अनिता कार्की, बेस्ट टेयालेन्ट धरान आदर्श बोर्डिङ माविका सुदर्शन ढुङ्गेल, मस्ट सिन्सियर सरस्वती माविकी बिपना मग्राति घोषित ह्नु भयो ।

मस्ट पङ्चुअल जडेजा मावि कालाबन्जारकी मुना कटुवाल, मस्ट एक्टिभ सरस्वती माविका दिनेश खरेल, मस्ट डिसिप्लिन नबोदय विद्या मन्दिरकी सोप्रीया राई घोषित हुनु भयो भने उहाँहरुले  प्रमाणपत्र र प्लस टुमा ३० प्रतिशत छात्रवृत्ति प्राप्त गर्न भएको छ ।

धरान–१३ वडा कार्यालयको सभाहलमा भएको अन्तिम प्रतिस्पर्धा तथा समापनमा प्रमुख अतिथि शिक्षा  मन्त्री अशोक  राईले प्रतियोगीहरूलाई  पुरस्कार प्रदान गर्नु भएको थियो । 

धरान –१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले, वडा १४ का अध्यक्ष कृष्ण प्रसाद लगायतले शुभकामना दिनु भएको थियो । प्रतियोगिताको निर्णायकहरूमा महेन्द्र क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही, सहिद स्मृति माविका शिक्षक टङ्क प्रसाद भट्टराई हुनु हुनु हुन्थ्यो ।