विकास चाम्लिङ राई

धरान।धरान रनका उदयीमान धावकहरुलाई शनिबार प्रोत्साहन गर्नका निम्ति स्पोर्टस जुत्ता प्रदान गरिएको छ । 

धरान रन द्धारा आयोजना गर्ने ३ कि.मि. रनको पाच सय ८२ औ हप्ता रनमा धरान मेघा कलेजले सहयोग प्रदान गरेको हो । धरान रनले शनिवारको दौडलाई “ धरान मेघा हिमालयन कलेज ५ सय ८२ औ हप्ता रन” नाम दिएको थियो । कलेजको तर्फ वाट उदयीमान खेलाडि अर्पन राई, अमित मगर, सुजित विक, सुरेन राई र विपिन राईलाई स्पोर्टस जुत्ता प्रदान गरिएको थियो ।

3 1

यसैगरि २० हप्ता पुरा गरेका आयुस तामाङ, ५० हप्ता दौड पुरा गरेका प्रज्वल तामाङ र सत्यहाङ राईलाई टिर्सट प्रदान गरिएको थियो । उनीहरुलाई धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलास लिम्वु, धरान रनका अध्यक्ष रोमु राई, धरान रनका धाविका सविता राई र जमुना लिम्वुले प्रोत्साहन पुरस्कार वितरण गर्नु भयो । धरान मेघा कलेजले आफ्ना विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापलाई विशेष महत्व दिंदै आइरहेको छ ।

2 1

खेलकुद मार्फत सामाजिक कार्य गर्दै आइरहेको धरान रन संस्था संग समन्वयन गरि सहयोग गरेर कलेजले सामाजिक उतरदायित्व निभाएको धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले वताउनु भयो । शनिवार विहान  पनि ५ सय ८२ औ हप्ता रनमा २ सय १९ जनाले दौडिए ।

तस्विरः विकास चाम्लिङ राई