धरान । धरानका युवा व्यवसायी प्रभाव  खतिवडाले नेपालकै ठूलो र सुविधान सम्पन्न यामाहको ब्लु स्क्वायर सो रुम धरान–१५ स्थित लाङ्घाली चौकमा सञ्चालनमा ल्याउनु भएको छ  । 

यस अघि धरान ८ स्थि भोटे पुलबाट याहामाको आधाकारिक बिक्रेता विजयपुर ट्रेडर्स सन्चालनमा थियो ।ट्रेडर्सका प्रवन्धक खतिवडाले २० वर्षको लागि जग्गा लिजमा लिएर लाङ्घाली चौकमा यामाहाको ब्लु स्क्वायर सो  रुम सन्चालन गर्नु भएको हो ।  

2

नेपालकै ठूलो ब्लु स्क्वायर शोरुमबाट सेवा शुरु गर्नु भएका खतिवडाले शुक्रबारसाँझ पत्रकार सम्मेलन गरि सेवा शुरु भएको जानकारी दिनु भएको थियो । 

उहाँले उक्त सो रुममा सर्भिस, सेल्स र स्पेयर पाट्र्सको सेवा सुरु एकै स्थानबाट शुरु गरिने जानकारी दिनु भएको छ ।  अत्याधुनिक संरचना सहितको नेपालमा पहिलो पटक हाइब्रिड स्मार्ट मोटर जेनेरेटर सहितको रे जेड आर १२५ हाइब्रिड स्कुटर पनि लन्च गरिएको छ  ।

3

उक्त स्कुटरको कार्यक्रमका प्रमुख अतिथी संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले लन्च गर्नु भएको थियो उहाँले व्यवसाय सन्चालनको शुभकामना दिदैं आगामी दिनमा बजारको माग अनुसार ग्राहकको मागलाई पुरा गर्दै अघि बढ्नको लागि आग्रह गर्नु भएको छ ।   । 

उक्त स्कुटरको मुल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ  छ । विजयपुर ट्रेडर्सका प्रवन्ध निर्देशक  प्रभाव खतिवडाका अनुसार स्कुटर स्ट्यान्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी ४ ट्रिममा उपलब्ध हुने छ । उहाँका अनुसार  ‘रे जेड आर १२५ मा शक्तिशाली एयरकुल्ड, फ्युल इन्जेक्टेड ‘१२५ सीसी ब्लुकोर इन्जिन’  रहेको छ । 

धरानका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता विजयपुर ट्रेर्डसले असार १७ देखि २२ गते सम्म यामाहा एक्सचेन्ज अफरको मिति समेत तोकेको छ ।

खतिवडाका अनुसार मोटरसाइकल, स्कुटरहरू यामाहाको मोटरसाइकल तथा स्कुटरसँग पुरानो मोटरसाइकल वा स्कुटरको बजार मूल्याङ्कन भन्दा  ७ हजार र त्यस भन्दा बढी मुल्याकंन गरिने छ ।स्कुटरको २ आर्थिक वर्षको कर तिरिदिने, नयाँ खरिदमा  ७ हजार छुट सहित  हेलमेट तथा रेनकोट उपहारका  लगायतको योजना रहेको छ  ।