विराटनगर ।  नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई विश्वासको मत कम हुदा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाउनु भएको छ । संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत माग्नु भएको थियो ।  मुख्यमन्त्री कार्कीको  पक्षमा  ४६  मत मात्र परेको छ । विपक्षमा ४३ मत परेको छ । 

 ९३ सदस्यीय कोशीको प्रदेश सभामा सरकार बनाउनका लागि ४७ मत आवश्यक पर्छ । तर, अहिले एमालेका ४० र राप्रपाका ६ गरी मुख्यमन्त्री कार्कीले ४६ मत मात्र प्राप्त गर्नु भएको छ । विश्वासको मतको विपक्षमा भने ४३ मत परेको सभामुख बाबुराम गौतमले जानकारी दिनु भयो । मुख्यमन्त्रीले राखेको प्रस्तावमा अस्वीकृत भएसँगै उहाँ पदमुक्त हुनु भएको छ ।

पुस २५  गते  चार  दलको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले ६०  जनाबाट विश्वासको मत पाउनु भएको थियो । शुक्रबार  प्रदेश सभामा भएको मत विभाजनमा   एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत सरकारको पक्षमा प्राप्त भएको हो । 

जनता समाजवादी पार्टी जसपाका एक मात्र सांसद निर्मला लिम्बू मतदान प्रक्रियामा सहभागी हुनु भएन् । विपक्षमा पनि बहुमत नपेग पछि अव कोशी प्रदेश सरकार गठनमा समस्या भएको छ ।