धरान । धरान उपमहानगरपालिकामा दलित महिला सन्जाल गठन गरिएको छ । वुधबार धरानमा सुनिता सुन्चेयरीको अध्यक्षतमा दलित महिला सन्जाल गठन गरिएको हो । 

सन्जालको उपाध्यक्षमा पवित्रा सिवा,सचिव चन्द्रकला वराईली र कोषाध्यक्षमा यशोदा घिमिरेलाई चयन गरिएको धरान उमपहानगरपालिकाको कार्यपालिका सदस्य दिनेश गजमेरले वताउनु भयो । 

d 2

उहाँका अनुसार सन्जालको पुर्ण कार्य समिती ४० जनाको हुने छ । २० वटाको दलित महिला वडा सदस्य स्वतः सदस्य रहने र वाँकी हरेक वडाबाट एक जना थप गरेर जम्मा ४० जनाको दलित महिला सन्जाल वन्ने वताईएको छ ।

कार्यपालिका सदस्य सावित्रा परियारले गठित कार्य समितीलाई वधाई तथा शुभकामना सहित सफल कार्यकालको शुभकामना दिनु भयो । यस अघि पनि धरानमा दलित महिला सन्जाल गठन भएको थियो र सोही कार्यलाई निरन्तरता दिदैं धरान उपमहानगरपालिकाले दलित महिला सन्चाल गठन गरेको हो ।