धरान । धरान उपमहानगर वडा नम्बर ४ मा रहेको शिक्षा ज्योती आधारभुत विद्यालयको मुहार फेरिएको छ । 

विद्यालय परिसरमा फूल रोपेपछि शिक्षा ज्योतीको मुहार फेरिएको हो । वुधबार वडा नम्बर ४ को प्रमुख आतिथ्यतामा विद्यालय क्षेत्रमा फूल रोपिएको छ । फूल रोपिएपछि विद्यालयमा थप आर्कषण थपिएको हो । विद्यालयका प्रधानाध्यापक मेनुका सापकोटाको अनुसार विद्यालय परिसरमा ३० प्रजातीको फूलका विरुवाहरु रोपिएको छ ।

bb 1

वडाकै नमुना विद्यालयको रुपमा रहेको उक्त शिक्षा ज्योती आधारभुत विद्यालयको लागि धरान उपहानरपालिकाले आर्थिक सहयोग गरेको हो । २ लाख रुपैयाँ बजेट उपमहानगरपालिकाको वातावरण शाखा मार्फत पुष्पवाटिका प्रवद्र्धन कार्यक्रम अन्र्तगत विद्यालयमा फूल रोपिएको हो ।

2 7

वडाध्यक्ष धन बहादुर राईले विद्यालयमा फूल रोपेर सुन्दरता त थपिएकै हुन्छ र आफ्नो वडामा रहेका हरेक विद्यालयमा वातावरण स्वच्छता वनाउँदै आन्तरिक पर्यटकलाई समेत आकर्षणको केन्द्र वनाउनको लागि शिक्षा ज्योती आधारभुत विद्यालयबाट अभियान शुरु गरिएको वताउनु भयो । उहाँले भन्नु भयो,‘क्रमस  अरु विद्यालयमा पनि यो अभियानलाई अघि वढाउँदै जानेछौं,जस्ले गर्दा धरानको नै नमुना विद्यालय वनाउन सकियोस् । ’

वडा सदस्य राजन चाम्लिङका अनुसार वडामा रहेको विद्यालयमा विद्यार्थीहरुको आकर्षण वढाउनको लागि पनि यस्तो कार्यको थालनी गरिएको वताउनु भएको छ । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण घट्दो क्रममा रहेकाले पनि अव स्थानीय सरकारले यस्ता खालको कार्यक्रमको शुरुवात गरिएको चाम्लिङले वताउनु भयो ।उक्त कार्यक्रममा शिक्षक विद्यार्थी, विद्यालय व्यवस्थापन समिती र अभिभावक समेतको उपस्थितीमा फूल रोपिएको थियो । 

जग्गादाता पर्शु गुरुङ, चन्द्र कुलुङ, क्यान एजुकेशन फाउण्डेशनका संयोजक रमेश राई, बिद्याालय व्यवस्थापन समिति अध्यक्ष हरी राई लगायतको सहभागिता रहेको थियो । 

 उक्त विद्यालय स्थानीय वि.स.२०५२ पौष २७ गते स्थापना भएको विद्यालय हो ।विद्यालयलाई धरान उपमहानगरकै नमुना विद्यालय वनाउनको लागि स्थानीयवासी सहित लागि परेका छन् ।