सुनसरी  । सुनसरीमा सरकारले  ल्याएको नेपाली  नागरिकता (पहिलो संसोधन) ऐन अनुसार नागरिकता दिन थालेको छ ।  

ऐन २०७९ जारी गरेसगैं पहिलो दिन बुवाआमा नेपाली भएर पनि नागरिकता विहीन भएकाहरुलाई नागरिकता वितरण शुरु गरिएको हो ।  जिल्लाका ४७ जनालाई नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको  छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार देखि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको  नागरिकता (पहिलो संसोधन) ऐन, २०७९ बमोजिम नेपाली नागरिकता वितरण गर्न शुरु गरेको हो ।

प्रथम नागरिकता स्थानीय प्रतिक शर्मालाई प्रदान गरी वितरण कार्य शुरु गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

ऐन बमोजिम दैनिक रुपमा नागरिकता प्रदान गर्दै जाने र कार्यालयले तोकिएको स्थानीय तह उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकागत दिनमा आई भिडभाड नगरी सरल तरिकाले धैर्य धारणगरी सेवा लिनको लागि समेत अनुरोध गर्नुभएको छ ।