विकास चाम्लिङ राई 

धरान ।धरान स्थित बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा  डाक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष दुबै टिम फाइनल प्रबेश गरेका छन ।

बुधबार हुने फाइनल खेलमा महिला तर्फ डाक्टर्स विरुद्ध  आयोजक थर्ड इयर टिम र पुरुष तर्फ पनि डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर बिच नै उपाधिको लागि प्रतिश्पर्धा गर्नेछन । सोमबार भएको महिला तर्फको सेमि फाइनल खेलमा डाक्टर्स टिमले जुनियर फस्ट इयर टिमलाइ २४(० र थर्ड इयरले फस्ट इयर सिनियरलाइ ८(५ अंकले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । 

 यसै गरि पुरुष तर्फ डाक्टर्स टिमले फोर्थ इयर टिमलाइ ४०(२१ र थर्ड इयर अव्युदयले फस्ट इयर सिनियरलाइ ३१(६ अङ्कले पराजित गर्दै फाइनल प्रबेश गरेका छन ।

खेलमा  महिला डाक्टर्स टिमका सिवानी सैले शर्माले १०, थर्ड इयर महिला टिमका यमुना रोकाय ४, थर्ड इयर पुरुष तर्फ हार्दिक गोयल १० र डाक्टर्स टिमका भिषण राईले १५ अंक ब्यक्तिगत जोडे ।

धरान बास्केटबल संघको प्राबिधिक सहयोग रहेको बास्केटबल खेलको फाइनल खेल भने बुधवार साझ बिपि प्रतिष्ठानको बास्केटबल कोर्टमा हुनेछ ।

थर्ड इयर अव्युदयको आयोजनामा भइरहेको स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत क्रीकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड , अनलाइन गेम पबजी , सिओडी र फिफा गेम भइरहेको छ । बास्केटबलमा महिला र पुरुष तर्फ ६र६ टिमले सहभागिता जनाएको छ ।

फाइनल खेलको अघिल्लो दिन मङ्गलबार पुरुष तर्फ आयोजक अलस्टार बास्केटबल टिम बिरुद्ध धरान भेट्रान बास्केटबल टिम र महिला तर्फ आयोजक अलस्टार र धरान बास्केटबल प्राबिधिक टिम बिच मैत्रीपुर्ण खेल हुनेछ । मनोरंजन सङ्गै आपसी भाइचारा बढाउनका लागि मैत्रीपुर्ण खेल खेल्न लागिएको डाक्टर्स टिमका खेलाडी डा। ससाङ्क ताम्रकारले बताए । मैत्रीपुर्ण खेल मङ्गलबार साझ ६ बजे देखि सुरु हुनेछ ।