धरान । कोशी प्रदेशमा रहेका वक्सिङ खेलाडीहरु संगठित भएका छन् । 

भर्खरै कोशी प्रदेश स्तरीय सुनसरीको धरानमा भएको प्रथम अधिवेशन मार्फत नेपाल वक्सिङ संघ कोशी प्रदेश गठन भएको छ ।

संघको अध्यक्षमा  नरेन्द्र लिम्वू- सहित १३ सदस्य कार्य समिती गठन भएको हो । खेलकुद विकास वोर्ड कोशी प्रदेशका उपाध्यक्ष जिना कार्कीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्ष द्धयमा अभिषेक श्रेष्ठ र दिनेश अधिकारी चयन हुनु भएको छ भने सविचमा विकास कुमार गुफाजु र कोषाध्यक्षमा सन्त तामाङलाई चयन गरेको छ ।

त्यसैगरि संघको सदस्यहरुमा आकाश उप्रेती,अजय राई,संग्राम सिंह लिम्वू,पुष्प विश्वकर्मा,प्रशिका निरौला,विकास राजवंशी,शर्मिला आले मगर र विद्या देवानलाई चयन गरिएको छ ।