धरान । धरान उपमहानगरपालकालाई पूर्ण खोप सुनिश्चितताका लागि जिल्ला जन स्वास्थ्य कार्यालय सुनसरीले अनुगमन गरेको छ । 

आइतबार जन स्वास्थ्य प्रमुख सागर प्रसाई सहितको टोलीले धरान उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित वगरकोटको सुकम्वासी वस्तीमा अनुगमन गरेको हो । बच्चा जन्मिएपछि ५ वर्ष उमेर सम्मका बालबालिकाले तोकेको सवै खोप पुरा गरे नगरे भनेर जनस्वास्थ्य कार्यालयले अनुगमन गरेको हो ।

धरान १५ स्थित वगरकोटको सुकुम्वासी वस्तीमा सवै घरका बालबालिकाले सरकारले तोकेको खोपको मात्र पुरा गरेको पाइएको जनस्वास्थ्य प्रमुख सागर प्रसाईले वताउनु भयो । उहाँले भन्नु भयो,‘यो वर्ष धरानमा वालवालिकाले खोपको मात्र पुरा गरेको छन वा छैनन् भनेर वडामा अनुगमन गर्न आएका हौ,यसै अनुगमनको आधारमा पुर्ण खोप सुनिश्च्तिता नगर भनेर घोषणा गर्ने छौ।’

उहाँले  धरानको हकमा त्यस्तो समस्या नदेखिएकोले अव प्रक्रिया पुरा गरेर पुर्ण खोप सुनिश्चिता उपमहानगरपालिका घोषणा गर्ने वताउनु भयो ।  सुनसरी जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता जिल्ला भनेर घोषणा गर्ने कार्यक्रम रहेको छ । 

त्यसका लागि मापदण्ड पुरा भएका पालिकाहरुलाई क्रमस घोषणा गर्दै जाने र माप दण्ड पुरा नगरेका पालिकाहरुलाई प्रक्रियामा ल्याउने पनि जन स्वास्थ्य प्रमुख प्रसाईको भनाई छ । सुनसरीमा हाल सम्म ७ वटा गाउपालिकाले मापदण्ड पुरा गरेका छन भने अव ५ वटा पालिकाहरुलाई प्रक्रिया पुरा गर्न लगाउने पनि वताइएको छ ।