• खगेन्द्र कार्की

फत्तेपुर / सप्तरीको सप्तकोसी नगरपालिकाको ११औं नगरसभाबाट ४१ करोड ५७ लाखको बजेट पास गरेको छ ।  बजेट, नीति तथा कार्यक्रम  आइतबार सार्वजनिक गरेको छ । 

११ औं  नगर शभामा नगर प्रमुख कृष्णप्रसाद ढकालले  बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको थियो । उहाँले आगामी आर्थिक बर्ष २०८०र०८१ को लागि ४१ करोड ५७ लाख २ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो ।  वडा स्तरीय बजेटमा ११  वटै वडाका लागि  ३ करोड बिनियोजित गरिएको छ। वडा न १ मा ४१ लाख ४० हजार वडा न २ मा २८ लाख ११ हजार वडा न ३ मा २४ लाख ५७ हजार ४ मा २७ लाख ९३ हजार ५ मा २४ लाख २४ हजार ६  मा २४ लाख ७५ हजार ७ मा २३ लाख ९७ हजार ८ मा २६ लाख १० हजार ९ मा २४ लाख ९९ हजार १० मा २७ लाख ६६ हजार र वडा न ११ मा २६ लाख २८ हजारका दरले बिनियोजित गरिएको नगर प्रमुख ढकालले जानकारी दिनु भयो । कृषि बिकास शाखा पशु शाखा,सामाजिक बिकास  शिक्षा ,युवा तथा खेलकुद शाखा लगायत ८ वटा बिषय शाखालाइ गरि २ करोड २२ लाख ९५ हजार  बिनियोजित  गरिएको छ ।

समृद्ध नगर र सुखि नगरबासिको लक्ष्य राखेको नगरले शिक्षा, स्वास्थ्य ,खानेपानी तथा सरसफाइ, कला भाषा सस्कृति र सामाजिक समाबेसिकरण ,आर्थिक बिकास,कृषि पशु बिकास र सिचाइ ,पर्यटन ,उद्योग सहकारी तथा रोजगार ,पुर्बधार बिकास ,संचार बिद्धुत तथा उर्जा ,  बाताबरण तथा बिपद ब्याबस्थापन ,बन बाताबरण भु संरक्षण सुशासन तथा संस्थागत बिकाससम्बन्धि नितिलाइ अबलम्बन गर्दै निति तथा कार्यक्रम तय गरेको छ

 सप्तकोसी नगर प्रमुख कृष्णप्रसाद ढकालको  अध्यक्षता तथा  मधेस प्रदेशका भौतिक योजना तथा पुर्बधार बिकास मन्त्री     कृष्ण कुमार यादवको  प्रमुख आतिथ्यमा आयोजित नगरसभा उद्वघाटन समारोहमा पूर्व खेलकुद मन्त्री सत्यनारायण मन्डल ,सप्तरी क्षेत्र न १ प्रदेश सभा सदस्य राजकुमार लेखि पूर्व नगर प्रमुख उत्तमकुमार शर्मा  नेपाली काङ्ग्रेसका नगर  सभापति युवराज खनाल, ,नेकपा एमालेका नगर अध्यक्ष पारस दाहाल,  जसपाका नगर अध्यक्ष रामकुमार यादव  राप्रपाका नगर अध्यक्ष तुलाराम लुइँटेल रास्वपा नगर अध्यक्ष मानप्रसाद लुइँटेल, सप्तकोसी उधोग बाणिज्य संघका अध्यक्ष सुदाश रार्इ, ,त्रियुगा सहकारीका अध्यक्ष चन्द्रशेखर  चौधरी, मनकामना सहकारीका अध्यक्ष अशोक चौधरी,लगायत विभिन्न पार्टी प्रतिनिधि संघ सस्थाका प्रतिनिधिको उपस्थिति  रहेको थियो।