धरान।बालबालिकाको क्षमता विकासको लागि धरान उपमहानगरपालिका वडा नम्बर १ ले  वडामा गठित बाल सन्जालका बालबालिकालाई दुर्ई दिने बाल उद्घोषण कला र नेतृत्व विकास संवन्धी तालिम प्रदान गरेको छ । 

वडा कार्यालयको सहयोग,१ नम्बर वडा स्तरीय बाल सन्जालको संयोजन र जनता मिडिया हवको आयोजनामा शुक्रवार र शनिबार (असार ८–९ गते ) उक्त तालिम बालबालिकालाई प्रदान गरिएको हो । तालिमको पहिलो दिन वडाका कार्य बाहक अध्यक्ष उज्वल वास्तोलाको प्रमुख आतिथ्यतमा उद्घाटन गरिएको थियो । 

प्रमुख अतिथी वास्तोलाले बाल अधिकार र हक अधिकारको लागि वडाले विभिन्न कार्यक्रम गर्दै आएको र वडामा रहेका बालबालिकालाई थप क्षमता विकासको लागि वडाले तालिमको आयोजना गरेको वताउनु भयो ।

उहाँले भन्नु भयो,‘अझै आगामी दिनमा समेत वडाको बालबालिकाको क्षमता विकासको लागि थप प्रभावकारी कार्यक्रम वनाएर सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दछु,बालबालिकाले पनि वडाले गरेको कार्यक्रमबाट उपलव्धी हासिल गरी वडाकै शीर उचो वनाउनु हुने छ भन्ने अपेक्षा पनि गर्दछौं ।’

साथै कार्यक्रममा अतिथी वडा सदस्य रिता सुन्दासले बालबालिकाको क्षमता विकासका लागि वडामा रहेका बालबालिकालाई संगठित वनाएको वताउनु भयो । वडाको हरेक टोलमा वाल क्लव गठन गरिएको र सो क्लब मार्फत वडा स्तरीय वाल सन्जाल गठन गरेर बालबालिकाको क्षमता विकासमा काम गर्दै आएको वडा सदस्य सुन्दासले वताउनु भयो । 

उद्घाटन सत्र पछि बालबालिकालाई उद्घोषण कला संवन्धीको सहजीकरण प्रशिक्षक नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव देवेन्द्र कार्कीले गर्नु भएको थियो । 

प्रशिक्षार्थीहरुलाई पहिलो दिन उद्घोषक र उद्घोषण कला के हो,उद्घोषण गर्दा ध्यान दिनु पर्ने कुराहरु,त्यसको तयारी,सफल उद्घोषक वन्न के गर्नु पर्छ लगायतको विषयमा प्रशिक्षण गराउनु भएको थियो । त्यसै गरि तालिमको दोश्रो दिन अर्थात अन्तिम दिन नेपाल पत्रकार महासंघ सुनसरीका सह सचिव तीर्थ कार्कीले सहभागि बालबालिकालाई प्रशिक्षण गराउनु भएको थियो ।

प्रशिक्षक कार्कीले नेतृत्व विकास के हो,नेतृत्व गर्दा ध्यान दिनु पर्ने कुराहरु,सफल र असल नेता वन्नको लागि के गर्नु पर्छ र बाल अधिकार के हो ? बाल बालिकाले आफ्नो अधिकार पाउनु के गर्नु पर्छ र नेपालको संविधान र ऐनमा बालबालिकालाई कस्तो अधिकार दिएको छ लगायतको विषयमा प्रशिक्षण दिनु भएको थियो । 

१ नम्बर वडाको आफ्नै भवनमा सन्चालित दुई दिने उक्त तालिमको समापन वडाध्यक्ष यज्ञमणि आचार्यको प्रमुख आतिथ्यतामा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी आचार्यले बालबालिकाले समाजमा रहेर समाज विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकाले पनि यस्ता तालिमको आयोजना वडाले गरेको भन्दै सहभागि बालबालवालिकालाई तालिमबाट प्राप्त सीप र ज्ञानलाई व्यवहारमा उतारेर तालिमको सदुपयोग गरिदिन हुन आग्रह गर्नु भएको छ । 

उहाँले भन्नु भयो,तालिमको समय अवधि एकदमै छोटो भएको महसुस भएको छ,तर जति पनि सिकेको कुराहरुलाई अक्षरसः व्यवहारमा उतार्न आग्रह गर्दछु,आगामी दिनमा वडाले अझै थप योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’

कार्यक्रमका अतिथी वडा सदस्य रहिसा श्रेष्ठले महिला र बालबालिकाको क्षेत्रमा वडा स्तरमा नै विभिन्न कार्यक्रम गर्दै आएको र अझै आगामी दिनमा जनप्रतिनिधी मार्फत वडाका बालबालिका र महिला विशेष कार्यक्रमहरु प्राथमिकतासाथ योजना वनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

त्यसै गरि अतिथी १ नम्बर वडाका सह–सचिव राजन कार्कीले बालबालिका देशका कर्णधार भएकाले वडामा रहेका बालबालिका आफैं पनि सक्रिय हुनु पर्ने वताउनु भएको छ । वडामा बालबालिका लक्षित कार्यक्रम के कसरी गर्न सकिन्छ र बाल अधिकारको खोजी आफै स्वयम् पनि गर्न सकिने कार्कीले वताउनु भएको छ । 

सहभागिहरुको तर्फबाट अनुप झा र परिक्रमा खतिवडाले तालिममा आफुहरुले सिकेका कुरालाई वताउनु भएको थियो । समापन कार्यक्रममा वडाका वडा सदस्य उज्जव वास्तोला,प्रशिक्षक द्धय देवेन्द्र कार्की,तीर्थ कार्की लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सभाध्यक्ष वडा स्तरीय वाल सन्जालका अध्यक्ष आलोक झाले गर्नु भएको थियो ।