धरान । धरान उपमहानगरपालिकाको आज वसेको कार्यपालिका वैठकले कोशी प्रदेशका विभिन्न तीन जिल्लाका वाढी पीडितलाई ५ लाख राहत उपलव्ध गराउने निर्णय गरेको छ । 

वैठकले कोशी प्रदेशको पुर्वी पहाडी जिल्ला ताप्लेजुङ,पाँचथर र संखुवासभाका बाढी पहिरो पिडितलाई राहत प्रदान गर्ने निर्णय गरेको हो ।यसैगरि  नगर कार्यपालिकाको करार सेवा र ज्यालादारीमा कार्यरत कर्मचारीहरुको करार अवधि पनि नविकरण गर्ने निर्णय गरेको छ ।

वैठकले त्यस्ता कर्मचारीको १ वर्षको लािग समयअवधि थप गरेको जनाइएको छ । ५ जना नगर प्रहरी करारमा राख्न दरबन्दी स्वीकृतिको लागि नगरसभामा पेश गर्ने पनि निर्णय भएको छ । साथै, २० वटै वडामा नगरको सरसफाई प्रभावकारी बनाउन १५ जना सफाईकर्र्मी ज्यालादारीमा राख्ने र पाले,चौकीदार,माली गरि ५ जना थप कर्मचारी ज्यालादारीमा राख्ने पनि निर्णय भएको छ ।