धरान । धरान –१२ स्थित  मेघा हिमालयन कलेजले होटल म्यानेजमेण्ट अन्र्तगत  तीन हप्ते  हस्पिटालिटी वर्कसप सुरु भएको छ ।स्वीस कन्ट्याक्ट प्रोगामसँगको सहकार्यमा उक्त वर्कसप शुरु गरेको विहीवार आयोजित पत्रकार सम्मेलनमा कलेजले जानकारी दिएको हो ।

2 6  

वर्कसपबाट होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्ययन गर्ने विद्यार्र्थीहरु वढी भन्दा वढी लाभान्वित हुने  कलेजका होटल म्यानेजमेन्टका एचओडी पोषणबावु श्रेष्ठले वताउनु भयो । उहाँका अनुसार वर्कसपमा विद्यार्थी सहित शिक्षकहरुको सहभागिता हुने भएकाले उपयोगी हुने वताइएको छ ।  

3 8

कलेजका प्राचार्य भाष्कर पौडेलका अनुसार तीन हप्ता सम्म वर्कसप सन्चालन हुने छ भने उक्त समय अवधिभरी स्वीस कन्ट्याक्ट मार्फत नेदरल्याण्डबाट आउनु भएको  हस्पिटलिटी एक्स्पर्ट बेरेनड जन हेरिङ्गाले सहभागीहरुलाई प्रशिक्षण दिइरहनु भएको छ । प्रशिक्षक हेरिङ्गा २५ वर्षदेखि यस क्षेत्रमा क्रियाशील दक्ष प्रशिक्षक हुनु हुन्छ ।

4 4

उहाँले पत्रकार सम्मेलनमा भन्नु भयो,‘म  २७ वर्ष शिक्षण क्षेत्रमा अनुभव वटुलेको छ,मानवजीवनको लागि हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको हुँ, पहिलो पटक धरानमा आएको छु,खुशी लागेको छ,यहाँ हिमालमात्र छैन, प्राकृतिक सुन्दरतामा नेपाल एकदमै धनी पनि छ तर नेपालीहरुको लागि सीप अनि  उद्यमशीलता एकदमै जरुरी छ ।’

उहाँले नेपाली मौलिकपनको खाना पनि अन्तराष्ट्रिय स्तरमा चिनाउन आवस्यक भएको वताउनु भयो ।