धरान ।विश्व संगीत दिवसको अवसरमा धरानमा सांगितिक कार्यक्रम हुने भएको छ । 

धरान संगीत प्रतिष्ठानको आयोजनामा यही असार ८ गते धरान १५ स्थित याक्थुङ चुम्लुङको भवनमा धरानका वरिष्ठ कलाकार सहित सांगितिक लाइभ कार्यक्रम हुने भएको हाे । कार्यक्रमको आयोजनाको वारेमा मंगलवार धरानमा धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राईले पत्रकार सम्मेलन गरि जानकारी दिनु भएको छ । उक्त सांगितिक कार्यक्रममा धरानका वरिष्ठ कलाकारहरु सहित वेलुकी ४ वजेदेखि सांगितिक कार्यक्रम हुने अध्यक्ष राईले वताउनु भयो ।

उहाँले भन्नु भयो,‘हरेक वर्ष विश्व संगीत दिवसमा धरानमा मनाउँदै आएका छौ,सोही अनुरुप यो वर्ष पनि सांगितिक कार्यक्रम सहित धरानका वरिष्ठ कलाकारहरुलाई सम्मान समेत गर्दैछौ,धरान सांगितिक क्षेत्रको उर्वर भुमि वनाउन योगदान पुर्याउने व्यक्तित्वहरु सम्मानित हुनु हुँदैछ,उहाँको योगदानको धरानवासी उच्च सम्मान गर्दछ।’

सम्मानित हुने कलाकारहरुमा वरिष्ठ गायिका लोचन भट्टराई र वरिष्ठ गीतकार श्याम तमोट हुनु हुँदैछ । संगीत प्रतिष्ठानले यो वर्षदेखि विधिवत रुपमा धरान उपमहानगरपालिकाको प्रमुखलाई संरक्षकको भुमिकामा राख्ने पनि निर्णय गरेको छ ।

विसं २०७० सालमा वरिष्ठ गायक दीप श्रेष्ठको अभिभावकत्वमा धरान संगीत प्रतिष्ठान गठन भएको थियो भने यो वर्षदेखि धरान उपमहानगरपालिकामा जो सुकै मेयर आएपनि प्रमुख संरक्षक रहने प्रवाधान वनाएको अध्यक्ष राईले वताउनु भयो ।