धरान ।वडाका गरिव,असहाय र विपन्न वर्गका लागि धरान उपमहानगर वडा नम्बर ७ ले निशुल्क शव वाहनको व्यवस्था गरेको छ । 

सिद्धि नेवा परिषद धरानसँगको सहकार्यमा ७ नम्बर वडा कार्यालयले गरिब तथा विपन्न र असहाय वडावासीको निशुल्क लागि शव वाहन उपलव्ध गराएको वडाध्यक्ष जीवनराज सुबेदीले वताउनु भएको छ । 

वडाले ४ वर्ष अघि नै शव वहान निशुल्क उपलव्ध गराउँदै आएको वडाध्यक्ष जीवनराज सुवेदीले वताउनु भयो ।उहाँले भन्नु भयो,स्थानीय सरकार जनताको घरदैलोमा आएको अनुभुति वडा कार्यालयले गराउँदै आएको छ , त्यसका लागि हामीले धेरै कामहरु गर्दै आएका छौं,त्यस मध्येको पनि यो पनि हो,सानो काम भएपनि प्रभावकारी वनेको छ।’

उहाँका अनुसार वडा कार्यालयले नै सहकार्य गरेको संस्थालाई शव वाहन  वोके वापतको रकम उपलव्ध गराउने गरेको छ । धरान वडा नम्बर ७ की वडा सचिव रञ्जु भुजेलका अनुसार वार्षिक रुपमा एक दर्जनभन्दा वढीले सेवा लिने गरेका छन् ।