धरान । जेठ २६  गते घरदेखि गाडी चेढर इटहरी आएकी धनकुटा देब्रेवास–४ की एक किसोरीको शंकास्पद मृत्यु भएको परिवारजनले दावी गरेका छन् । 

सवारी दुर्घटना भनेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १९ वर्षीया पिस्किला तामाङको उपचारको क्रममा सोमबार निधन भए ता पनि मृत्यु  सवारी दुर्घटना नभई अन्य पनि हुन सक्ने भन्दै परिवारले छानवीन गरि दोषीलाई कार्वाही र पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन । 

घट्नाका विषयमा प्रहरी प्रशासनले कुनै चासो नदेखाएको गुनासो गरेका छन् । उनी इटहरीको जनता वहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययनरत विद्यार्थी हुन् ।घरबाट विहानै भारतीय नम्वरको गाडीले तामाङलाई लिफ्ट दिएको थियो भने उनी सवार सुमो गाडी भएको वताइएको छ ।     

उक्त गाडी धरान धनकुटा कोशी राजमार्गको अन्र्तगत गुठीटार नजिकै रहेको  रुद्रबारी भन्ने ठाउँमा दुर्घटना भएको भनेर परिवारजनले थाहा पाएपछि उनलाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  उपचारको लागि ल्याइएको थियो र आइसियूमा उपचारको क्रममा उनको सोमबार मृत्यु भएको हो ।

उक्त घट्नामा अहिले सम्म जिल्ला प्रहरी कार्यालय धनकुटाले मोरंगको २ जनालाई पक्राउ गरेको वताइएको भएपनि अन्य दुई जना भारतीय भने फरार रहेका छन् ।  प्रहरीले उक्त गाडी दुर्घटना भएपछि गाजा समेत बरामद गरेको छ । पक्राउ परेका दुई जना पनि भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो तर प्रहरीले गाजा तस्करी गरेको आशंकामा पक्राउ गरेको जनाएको छ । 

परिवारजनका अनुसार फक्राउ परेकाहरुलाई  सामान्य मात्र चोट लाग्नु र अरु २ जना फरार हुनु शंकास्पद भएको मृतक परिवारको दावी छ । पीडित परिवारजले पिस्कीलाले न्याय पाउनुपर्ने र घट्नाको विषयमा प्रहरी प्रशासनले गंभीर छानवीन गर्न समेत माग गरेका छन ।

मृतक तामाङकी ठुली आमा जमुना भुजेलका अनुसार प्रहरीले घट्नालाई वेवास्ता गरेको गुनासो गर्नु भएको छ ।  उहाँले भन्नु भयो,‘मान्छेको ज्यान गएको छ तर प्रहरीले घट्नालाई मोड्न खोजी रहेको छ, भारतीय नम्बरको गाडी त्यो पनि चोरीको भन्ने छ , किन प्रहरीले उक्त गाडी चेकजाँच नगरि पहाडी क्षेत्र सम्म जान दियो,घट्नालाई सामान्य रुपमा होइन छोरीको ज्यान गएको छ, चाँडो दोषी पत्ता लगाएर कार्वाही होस् हाम्रो छोरीलाई न्याय चाहियो ।’

परिवारका अनुसार उक्त दुर्घटना भएको भनिएको सुमो भारतीय ट्रकको नम्बर रहेको पनि पाइएको छ । विहार कटियार भन्ने सन्जय यादव ट्रक मालिक उल्लेख छ तर गाडी भने सुमो रहेको छ ।