धरान । संघीय सांसद भीम आचार्यले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अन्तराष्ट्रिय स्तरको हस्पिटल वनाउन सरकारसँग माग गर्नु भएको छ ।

 आइतबार प्रतिनिधी सभाको वैठकमा विशेष समय लिएर वोल्दै प्रतिष्ठानको गरिमा र सेवालाई अझै प्रभावकारी वनाउन सरकारले उचित वजेटको व्यवस्था गरि अन्तराष्ट्रिय स्तरको हस्पिटल वनाउनको लागि ध्यानाकर्षण सहित माग गर्नु भएको हो । 

सांसद आचार्यले सरकारी वेवास्ताका कारण प्रतिष्ठान देशकै महत्वपुर्ण हस्पिटल भएपनि लथालिङ्ग भएको भन्दै सफा र अन्तराष्ट्रिय स्तरको वनाउनु पर्नेमा जोड दिनु भएको थियो । 

उहाँले सरकारले छाता ऐन ल्याएर प्रतिष्ठानको प्रतिष्ठामाथि आँच पुर्याउने काम गरेको र स्वास्थ्य छाता ऐन प्रतिष्ठानलाई आवस्यक नभएको पनि वताउनु भएको छ । उहाँले भन्नु भयो,‘प्रतिष्ठानलाई छाता ऐन प्रक्रिया आवस्यक छैन,प्रतिष्ठान आफैंमा स्वायत्त संस्था हो,यसलाई स्वायत्तकै रुपमा अझै विकास गर्न जरुरी छ ।’ 

वीपी प्रतिष्ठानलाई थप व्यवस्थित र प्रभावकारी वनाएर अघि वढाउनको लागि पनि सरकारलाई वैठकमा सुझाव पनि दिनु भएको छ । 

सरकारले तत्काल प्रतिष्ठान सन्चालनको नेतृत्वमा व्यापक सुधार ल्याई विगतको गल्ती कमी कमजोरीलाई सच्याएर सिनेटको संरचनामा पनि परिवर्तन गर्नु पर्ने सुझाव प्रस्तुत गर्नु भयो ।

एमआर आई,आइसियु लगायतको उपकरण सहित आकस्मिक कक्षमा पर्याप्त जनशक्ति,प्रभावकारी सेवाको विस्तार,उपचार र पठनपाठनको गुणस्तरीय व्यवस्था,दीर्घ रोगको लागि क्यान्सर,किड्नी,मुटु,ट्रमा,न्यूरो लगायतको संरचना र उपकरण थप गर्नु पर्ने र त्यसका लागि संघीय सरकारले वजेटको उचित व्यवस्था गर्न माग गर्नु भएको छ ।

प्रतिष्ठानको सेवा र प्रभावकारी सन्चालनको निम्ति छुट्टै अनुगमन समितीको पनि आवश्यक रहेको वताउनु भएको छ ।