चैनपुर  / आइतबार राती परेको पानीले संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ४ स्थित हेवा खोलाको पुल बगाउदैं पाँचखपन नगरपालिकासँगको सम्बन्ध विच्छेद भएको छ । भन्ज्याङ्खर्कदेखि पाचखपन जाने पुलको पूर्ण रुपमा क्षेति भएको स्थानीयले जानकारी गराएका छन् । 

ghaite1

ghaite1सङ्खुवासभाको हवाखोेलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ । अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १९ जना मजदुर बेपत्ता भएका थिए । 

nundhakiबेपत्ता १९ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । उहाँका अनुसार सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु गम्भीर घाइते अवस्थामा फेला हुन् ।

dobhaneघाइते दुवै जनाको सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । अविरल बर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरुपले क्षति पुर्‍याएको प्रहरी नायब उपरीक्षक गोदारले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । चैनपुर नगरपालिकाकी उपमेयर एलिना श्रेष्ठले बाढी प्रभावित क्षेत्रको निरिक्षण तथा प्रभावितलाई नगरपालिकाबाट प्रारम्भिक राहत वितरण्ढा गर्नु भएको छ । उहाँले चैनपुर  अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको स्वास्थ्य स्थितिबारे पनि जानकारी लिनु भएको छ । तस्विर सौजन्य सूर्यकिरण भण्डारी

ghaite

dobhane

nundhaki1