धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई कुनै अस्पताल वा प्रतिष्ठानको मातहतमा नराखी स्वायत्त संस्थाको रुपमा कायम गर्दै विश्व विद्यालय बनाउन माग सुनसरी क्षेत्र नम्बर १ का प्रतनिधी सभा सदस्य तथा कोशी प्रदेश सभा  सदस्दयहरुले  प्रधानमन्त्रीलाई  ध्यानाकर्षण गराउनु भएको छ । 

355178045_929039981499770_5737956543881748472_n 1

आज (आइतबार) शिक्षा मन्त्रीसमेत रहनु भएका सुनसरी क्षेत्र नम्बर १ का सांसद  अशाेक राई, पंरदेश सभा सदस्रय रमेश कुमार वस्नेत,विजयकुमार राई ,ममता तामाङ मगर र प्रतिनिधी सभा पूर्व सांसद जय कुमार राईसहितले प्रधानमन्त्री पुष्प कमल दाहाललाई भेटेर ध्यानाकर्षण गराउनु भएको हो । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रधानमन्त्री पुष्प कमल दाहालले ध्यानाकर्षण पत्र वुझ्दै सरकारले ल्याएको स्वास्थ्य छाता ऐनको संवन्धमा पुर्न विचार गरिने आश्नवासन दिनु भएको  सांसद रमेश कुमार वस्नेतले वताउनु भएको छ । साथै दुवै प्रतिष्ठानलाई स्वयत्त बनाउने बताउनु भएकाे छ । 

सरकारले स्वास्थ्य ऐन अन्र्तगत छाता ऐन ल्याएर वीपी प्रतिष्ठानलाई अस्पतालको रुपमा कुण्ठित पार्न खोजेको भनेर धरानमा उक्त ऐनको चर्को विरोध भइरहेको छ । यहाँका राजनीतिक दल, नागरिक समाज,अधिकारकर्मी प्रतिष्ठानका चिकित्सकहरु,कर्मचारी लगायतले आन्दोलन गरिरहेका छन् । विपी प्रतिष्ठान वचाउ समिती गठन गरि प्रतिष्ठानको गरिमालाई वचाउनको लागि आन्दोलन भईरहेको हाे  ।