धरान ।   याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीद्वारा ३ जना याक्थुङ चलचित्रकर्मीहरु लेखक तथा  निर्देशक उपेन्द्र सुब्बा,नबिन सुब्बा र सुरज सुब्बा नाल्वोलाई सम्मानित हुन भएको छ  । 

शनिबार याक्थुङ चुम्लुङ हिम धरानमा आयोजित याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८०ु को अवसरमा चर्चित फिल्म नुमाफुङका लेखक निर्देशक नबिन सुब्बालाई अभिनन्दन गरिएकोछ ।

2 5

यसैगरी हालपनी प्रदर्शनरत ५१ औ दिन मनाएको सफल चलचित्र जारी का लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ग र चलचित्र लेखक तथा सुपरहिट चलचित्र फिल्म सायद, बाटोमुनिको फुल,बितेकापल का निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्डद्वारा सम्मानित गरिएकोछ ।

3 6

याक्थुङ कला,भाषा,साहित्य र संस्कृतिलाई चलचित्रमार्फत बिश्वसामु पुर्याएको र आदिवासी जनजाती चलचित्रहरु लाई नेपाली चलचित्र बजारमा चिनाउन अथक् प्रयास गरेर सफल भएकोले उहाहरुलाई सम्मान गरिएको याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिनु भयो  । 

यसैगरी उत्सबको अवसरमा  बिगत चार दशक देखी मोफसलमै रहेर  चलचित्र क्षेत्रमा निरन्तर लागिरहेका कलाकार प्रेम सुब्बालाई ुयाक्थुङ बरिष्ठ कलाकारु पदबाट र  किशोर सुब्बालाई वरिष्ठ याक्थुङ  चलचित्रकर्मीु पदवीबाट सुशोभन  समानित गरिएकोछ । प्रेम सुब्बा र किशोर सुब्बालाई  नगद सहित सम्मान गरिएको हो । सम्मानित हरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उप महानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघा र कार्यक्रमका सभापती नबिन मेन्याङ्बोले संयुक्त रुपमा सम्मान  गरेका थिए ।

4 3

   कार्यक्रमका प्रमुख अतिथी धरान उप महानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघाले याक्थुङहरु कला,भाषा,साहित्य र संस्कृतिलाई चलचित्रको पर्दामा बाहिर ल्याएको भन्दै धन्यवाद दिनु भयो  । कला,भाषा,साहित्य र संस्कृतिलाई अझ बढी प्रभावकारी रुपमा पर्दामा उतार्ने दायित्व याक्थुङ चलचित्रकर्मीहरुको भएको निरन्तर लाग्न जोड दिए ।

आफ्नो  समुदायको कला,भाषा,साहित्य र संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी बहन गर्न यस्ता संघ संस्थाहरुकै भएकोले एकताबद्द भएर लाग्न आग्रह गरे  । देशैभरीका याक्थुङ चलचित्रकर्मीहरु एक भएर अबको मार्ग कस्तो बनाउने भने छलफल र चिन्तन गर्नुस् यो योगदान हाम्रो समुदायको मात्र नभएर राष्ट्रकै हुने बेघाले जिकिर गर्नु भयो ।   

3 7

हिजोदेखि शुरु भएको महाधिवेशन आज  समापन हुने छ । अन्तिम दिन आज  बन्दशत्र हुनेछ । बन्द शत्रमा १ सय  जना याक्थुङ चलचित्रकर्मीहरुको उपस्थिती रहने र  नयाँ नेतृत्व चयन हुने अध्यक्ष नबिन सुब्बा मेन्याङ्बोले जानकारी दिनु भयो ।

6 1

 भव्य रुपमा उदघाटन भएको  खुल्ला शत्रको उदघाटनमा च्याब्रुङ सहित सांस्कृतिक झाकी यालाङ  , केलाङ , हाक्पारे , बिजुवा प्रदर्सन , विभिन्न गायक गायिकाको  प्रस्तुति रहेको थियो  ।

पहिलो शेसन समाप्त भएपछी दोस्रो सेशनमा याक्थुङ चलचित्र र चलचित्रकर्मीहरुको बर्तमान र भविष्य विषयक अन्तरकृया कार्यक्रम समेत आयोजना भएको थियो । अन्तरकृया कार्यक्रममा अभिनन्दित नबिन सुब्बा र सम्मानित द्वय उपेन्द्र सुब्बा र सुरज सुब्बा नाल्बोले याक्थुङ चलचित्रको बारेमा बोल्नु भएको थियो । अन्तरकृया कार्यक्रमको सहजीकरण इक्सा मादेनले गर्नु भएको थियो  ।