धरान। नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा आज(शनिबार ) श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी  नेपाल  सुनसरीले कालो  झण्डा राखेको छ । 

नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियान अन्तर्गत १५ बुँदे मापदण्ड अक्षरशः पालना नगरेको र  गैरपत्रकारलाई महासंघकै सदस्यहरुले जोगाउन खोजेको र सदस्यता शुद्धिकरणको गोप्य राखेर सुचना लुकाएको भनेर निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दै प्रेस चौतारी सुनसरी आन्दोलित भएको हाे । 

यस अघि महासंघ सुनसरीलाई सिफारिस सूची सार्वजनिक गर्न २ दिने अल्टिमेटम दिए पनि बेवास्ता गरेको भन्दै आज फेरी पहिलो चरणको आन्दोलन अन्र्तगत कार्यालयमा कालो झण्डा र धर्ना सहित महासंघ अध्यक्षलाई ज्ञापन पत्र वुझाएका छन् । 

अध्यक्ष जनकऋषि राईलाई प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य सन्तोष काफ्ले लगायतले ज्ञापन–पत्र बुझाउनु भएको थियो । काफ्लले शुद्धिकरणको नाम सार्वजनिक नगरिए आन्दोलनको थप कार्यक्रम अघि बढाउँदै आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिएको छ ।