धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अधिकार विहीन वनाउन लागेको भन्दै  सरकारले ल्याएको छाता ऐनको विरोधमा  मौन जुलस निकालिएको छ । 

सरकारले प्रतिष्ठानलाई स्वास्थ्य (छाता ऐन) ल्याएर अधिकार कुण्ठित पारी केन्द्रीककृत वनाउन खाजेको भनेर  धरानका राजनीतिक दल,नागरिक समाज,पूर्व जनप्रतिनिधि,कार्यकर्ता,व्यापारी, बुद्धिजीवि, शिक्षक, प्राध्यापक, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रतिष्ठानका चिकित्सक विद्यार्थीहरु मौन जुलसमा सहभागी भएर मौन जुलुस निकालिएको हो । 

2 4

 बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समिति–२०८० को नेतृत्वमा भएको मौन जुलुसमा बिपी प्रतिष्ठानलाई छाता ऐनबाट झिकियोस,प्रतिष्ठानलाई युनिभर्सिटी बनाइयोस’भन्ने माग राखेर प्रतिष्ठान गेटदेखि धरान वजार नगर परिक्रमा गरि भानुचौकमा कोण सभा गरेर समापन गरिएको थियो । 

प्रतिष्ठान मूल गेटदेखि सैनिक चोक( छाता चोक हुँदै भानुचोकमा पुगेर कोण सभाको आयोजना गरिएको थियो  ।संघर्ष समितिका संयोजक मुक्सामहाङ मेन्याङ्बोले  छाता ऐनको विरोध गर्दै  सरकारले मागलाई संबोधन नगरेको खण्डमा जुनसुकै आन्दोलन गर्न पनि धरानवासी लागि पर्ने वताउनु भएको छ । उहाँले भन्नु भयो,‘सरकार अविलम्व गंभीर वन्नु पर्छ,छाता ऐनको नाममा स्वायत्त प्रतिष्ठानको साख र प्रतिष्ठा गिराउन पाइर्दैन,अधिकार खोस्न पाईदैन । ’ 

धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राईले प्रतिष्ठान विश्वविद्यालयमा जाने तयारी भइरहेका सरकारले प्रतिष्ठानलाई छाता ऐनमा गाभेर अन्याय गरेको भन्दै मान्य नहुने वताउनु भएको छ ।