दुहबी  । सुनसरीको दुहबी नगरपालीका वडा नम्बर ५ कोशी राजमार्ग बजार क्षेत्रमा बनेका अबैद्य संरचना हटाउन आज दोश्रो पटक डोजर चलेको छ।

 नगरपालीकाको स्वामित्वमा रहेको साबिक दुहबी गापां ६ (ख) कि नं ३८ को ज.बि १० कठ्ठा ४ धुर जग्गा मा बनेका अबैद्य संरचना हटाउन दुहबी नगरपालीकाले गत बैशाख २६ गते सार्वजनिक ३५ दिने सुचना जारि गरेको थियो।

सुचनाको समयावधि सकिदा सम्म अधिकाँसले आफ्ना  संरचना हटाएतापनि केहिले अटेर गरी हटाएका थिएनन्। गत २०७९ पुष १९ गते पहिलो पटक सुचना जारीगरी हटिया प्लटमा बनेका संरचना हटाउन दुहबी नगरपालीकाले सुचना जारी गरेको थियो।

उक्त प्लटका बासिन्दाहरुले संरचना हटाउन भन्दा उच्च अदालत विराटनगरमा रिट दायर गरी अल्पकालिन अन्तरिम आदेश ल्याएर रोक्का गरेका थिए। उच्च अदालात विराटनगरको मिति २०८० वैशाख ४ को फैसलाले सो रिट खारेज गरिदिए पछि ५ बैशाखमा एकै पटक दर्जनौ डोजर प्रबेश गरि संरचना खाली गराइएको थियो । दोश्रो पटक बैशाख २६ को सुचनापछि  स्वत स्फुर्त प्लट खालि गराएका थिए  ।

दुहबी नगरपालीकाको स्वामित्वमा रहेको बजार क्षेत्रको जग्गा कम्तिमा २ बिगाहा रहेको अभिलेखमा उल्लेख छ्। स्थानियहरुले सुरुमा हटिया छाप्रोको रुपमा ओगटेर बसेता पनि बिस्तारै आलिसान महल खडा गरि लाखौ भाडा उठाउने गरेको स्थानियहरुको गुनासो थियो । नगरपालिकाको अरबौको जग्गा ओगटेर बिगत लामो समयदेखि बसोबास गर्दै आएका थिए।