धरान । धरान उपमहानगरपालकाका मेयर हर्कराज साम्पाङ र धरान खानेपानी वोर्डका सदस्यहरुको विवाद वढ्दै गएको छ । 

मेयर साम्पाङ र बोर्ड सदस्यहरुको विवाद उच्च अदालत विराटनर सम्म पुगेको छ भने दुवै पक्षले पत्रकार सम्मेलन गरि आरोप प्रत्यारोप लगाउन थालेका छन् । विहीवार मेयर साम्पाङले पत्रकार सम्मेलन गरे भने लगतै आज(शुक्रबार ) फेरी बोर्डका सदस्यहरुले धरानमा पत्रकार सम्मेलन गरेका छन् ।

छुट्टा छुट्टै पत्रकार सम्मलेन गर्दै आरोपको खण्डन समेत गरेका छन् । विहीबार मेयरले आफुलाई मुद्धा हाल्नेहरु धरान खानेपानी बोर्डको आधिकारिक सदस्य नभएको भनेर पत्रकार सम्मेलन गर्नु भएको थियो । उहाँले आफुलाई नक्कली सदस्य भएर मुद्धा हालेको पनि आरोप लगाउनु भएको थियो ।

त्यसै गरि आज फेरी बोर्डका सदस्यहरुले पनि पत्रकार  सम्मेलन गरि धरान खानेपानी बोर्डको सदस्यहरुले मेयर साम्पाङलाई बोर्डका अध्यक्षको वैधानिकता माथि नै प्रश्न गरेका थिए ।  

पत्रकार सम्मेलनमा वोर्डका सदस्यहरु सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, धरान १७ का वडाध्यक्ष मनोज भट्टराई, नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेल, खानेपानी संस्थान धरानका पूर्व कर्मचारी देवराज श्रेष्ठ रहनु भएको थियो । 

वोर्डका सदस्यहरु धरान खानेपानी बोर्डको वैठक नवसेको, बोर्डमा भएको गतिविधिहरु सार्वजनिक नगरेको भनेर बोर्डका सदस्यहरुले मेयर साम्पाङका विरुद्ध उच्च अदालतमा मुद्धा दायर गरेपछि बोर्डमा मुद्धा हालेका थिए