धरान ।हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले मनाउने  विश्व रक्तदाता दिवसको अवसरमा फुलबारी एकता समाज धरान ५ तल्लो देउरालीले पहिलो पटक आयोजना गरेको  रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएकोछ । 

धरान – ५ तल्लो देउराली चौकमा सम्पन्न  रक्तदान कार्यक्रममा उपस्थित करिब २ सय ५० जना स्थानिय  मध्ये ब्लड प्रेसर जचाएका मध्ये १०१ जना रक्तदान गर्न योग्य भएर रक्तदान गरेको समाजका अध्यक्ष कविचन्द्र याखाले जानकारी दिनु भयो  । 

रक्तदान कार्यक्रम   फुलबारी एकता समाजको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग आयोजना भएको  हो ।

समाजका अध्यक्ष याखाको सभापतित्व , धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम  बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न  रक्तदान कार्यक्रमका बिशेष अतिथी धरान उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मन प्रशाद लिम्बु रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी उप प्रमुख अईन्द्र बिक्रम  बेघाले फुलबारी एकता समाजको यो सामाजिक कार्यले अन्य वडा र समाजलाई उदाहरणीय बनेको बताउनु भयो  ।कार्यक्रमका बिशेष अतिथी वडा नम्बर ५ का वडाध्यक्ष मन प्रशाद लिम्बुले फुलबारी एकता समाज ५ नम्बर वडाको गहना जस्तै भएको भन्दै सरसफाइ देखी हरेक कार्यमा फुलबारी एकता समाजको प्रशंसा गर्नु भयो ।   

कार्यक्रममा समाजकी सचिव शोभा राईले स्वागत मन्तव्य राखेकी थिइन भने , स्थानिय समाजसेवी धनकुमार राई, समाजका पुर्व अध्यक्ष खिलमान खजुम लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका सभापति कविचन्द्र याखाले  समाजमा रगत अभाव भइरहने  अवस्थालाई मध्यनजर गर्दै पहिलोपटक  रक्तदान कार्यक्रमको आयोजना गरिएको वताउनु भयो ।