सप्तरी  । औषधी र स्वास्थ्य उपकरण खरिदमा   सप्तरीको राजगढ गाउँपालिकाले अनियमितता गरेको आशंकामा अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको  छ ।

अख्तियारले  उक्त गाउपालिलाई लिखित पत्रचार गरी अनुसन्धान  थालेको हो।अख्तियार इटहरीले राजगढ गाउँपालिकालाई पत्र लेख्दै गाउँपालिकाले कुन आधारमा गत आर्थिक वर्ष ०७८र७९ मा औषधि तथा स्वास्थ्य उपकरण खरिद गरिएको भन्दै सम्बन्धित सम्पूर्ण कागजात माग गरेको छ ।

आयोगले उजुरी दर्ता गरेर त्यसबारे राय–प्रतिक्रिया पठाउन राजगढ गाउँपालिकालाई पत्राचार गरेको हो । सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार २० लाख रुपैयाँसम्मको खरिद–बिक्री गर्दा राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ। तर, राजगढ गाउँपालिकाले ३८ लाख ५८ हजार नौ सय २० रुपैयाँबराबरको औषधि तथा स्वास्थ्य उपकरण खरिद गर्दा उक्त प्रक्रिया नपुर्‍याएको पाइएको हो। 

पालिकाले खरिद गरिएको औषधिमा निःशुल्क वितरण गरिने छाप लगाएको समेत नपाइएको महालेखापरीक्षकको प्रतिवेदन २०७९ मा औँल्याइएको छ।‘राजगढ गाउँपालिकामा औषधि तथा स्वास्थ्य उपकरण खरिदमा अनियमितता’ सन्चार माध्यममा समाचार आएको थियो । सोही समाचारको आधारमा अख्तियारले छानवीन शुरु गरेको छ । ,