धरान ।खेलकुदको शहर धरानमा खेलहरु मध्ये अनौठो खेल कुरास खेल प्रतियोगिता धरानमा भएको छ । राष्ट्रिय प्रतियोगिता  नेपालमा नै दोश्रो प्रतियागिता अन्र्तगत धरानमा सम्पन्न  भएको हो ।

1 5

यो खेल पहिलो पटक काठमाण्डौमा भए पश्चात धरानमा राष्ट्रिय स्तरमा नै दोश्रो पटक भएपछि धरानको खेल जगतमा कुरास खेलको चर्चा पनि शुरु भएको छ ।  नयाँ र अनौठो खेलको बारेमा कोशी प्रदेशमा पनि प्रचार प्रसार होस भन्ने उद्धेश्यले यही जेठ २६ गते देखि दुई दिन सम्म खेलको आयोजना धरान १३ स्थित अमरहाट कवर्ड हलमा गरिएको थियो । 

3 4

यो खेल पूर्व क्षेत्रका लागि नितान्त नौलो भएको र खेलकुदको शहर उपनामले परिचित धरानमा यस खेलको प्रतियोगिता आयोजना गरिएको कुरास खेल प्रतियोगिताका संयोजक जीवन राईले जानकारी दिनु भयो  ।

4 2

प्रतियोगितामा महिला जुनियर र सिनियर गरी ४०,४४,४८,५२,५७, र ६३ साथै ६३ माथि तौल समूहमा प्रतिष्पर्धा भएको थियो भने पुरुषतर्फ पनि ४०,४४,४८,५२,५७,६३, ७३ साथै ७३  तौल माथि समूहका खेलाडी थिए ।

प्रतियोगितामा १२ स्वर्ण सहित लुम्बिनी प्रदेश विजयी

2 3

यसैवीच महिलार पुरूष कुराश राष्ट्रिय प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा आइतबार १२ स्वर्णका साथ लुम्बिनी प्रदेशले पहिलो उपाधि हात  पार्न सफल भएको छ ।  लुम्बिनीले १२ स्वर्ण पदकसहित ६ कास्य र ९ रजत पदक हात पारेको हो ।  

प्रतियोगिताको दोस्रो उपाधि ४ स्वर्ण, ३ रजत पदकसहित विभागीय टोली नेपाल आर्मीले हात पारेको छ । यस्तै तेस्रो उपाधि विजेता सुदुरपश्चिम प्रदेशले ३ स्वर्ण, १ कास्य र ४ रजत पदक प्राप्त गरेको छ ।

354300336_955609802310003_7049565609533052140_n

प्रतियोगितामा गण्डकी प्रदेशले ३ कास्य र ४ रजत पदक प्राप्त गरेको छ । बागमती प्रदेशले ५ कास्य र ९ रजत,मधेस प्रदेशले १ कास्य र ५ रजत प्राप्त गरेको छ भने कोशी प्रदेशले ७ रजत पदक प्राप्त गरेको छ । 

प्रतियोगितामा पुरुषतर्फ २५ केजी तौल समूहका सुजित पासवान उत्कृष्ट खेलाडी घोषित हुन भयो भने महिलातर्फ २५ केजी तौल समूहकै प्रतीक्षा केसी उत्कृष्ट हुनु भएको छ । 

समापन कार्यक्रममा विजेताहरुलाई मेडल तथा उपाधी  कोशी प्रदेशका निर्वतमान मुख्य मन्त्री राजेन्द्र राई,अन्तर्राष्ट्रिय कुराश महासंघका कार्यवाहक टेक्निकल डाइरेक्टर रवि कपुर, प्रतियोगिता संयोजक तथा नेपाल कुराश एसोसियसनका वरिष्ठ उपाध्यक्ष जीवन राई, धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले लगायतले प्रदान गर्नु भएको थियो । 

खेलकाे इतिहाँस 

यो खेल उज्वेकिस्तानबाट शुरु भएको मानिन्छ । नेपालमा भने विसं २०७३ सालदेखि यो खेल शुरु भएको हो । 

 यस खेलको विकासका लागि नेपाल कुराँस संघ समेत गठन गरिएको छ र यस खेललाई राष्ट्रिय खेलकुद परिषदले सहयोग पुर्याउदै आएको छ ।

सन २०१६ मा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएपछि यो खेलको विकासमा खेलाडी तथा कुरास सघ जुटेको छ ।