धरान । धरानमा खानेपानीको हाहाकार भएर जनजीवन कष्टकर भएपछि सुनसरी क्षेत्र नम्बर १ का प्रदेश सांसदले चारकोशे जंगलमा रहेको भुमिगत श्रोतको स्थलगत अनुगमन गर्नु भएको छ । 

r 4 2

प्रदेश सांसद रमेश कुमार वस्नेत र विजय राई सहित जंगलमा रहेको भुमिगत श्रोतको स्थलगत अनुगमन गर्नु भएको हो । खानेपानीको अभावलाई तत्काल स्थनाीय सरकारसँग समन्वय गरि कसरी समाधान गर्न सकिन्छ भनेर स्थलगत रुपमा भुमिगत पानीको अवस्था वुझ्न स्थलगत अनुगमन गरेको कोशी प्रदेश सांसद रमेश कुमार वस्नेतले वताउनु भएको छ ।

r 3 4

उहाँले भन्नु भयो,पानीको श्रोतको अवस्था के छ र तत्काल पानीको समस्यालाई स्थानीय सरकारसँग मिलेर के गर्न सकिन्छ भनेर छलफल पनि गर्नेछौ र वास्तविकता वुझ्नको निम्ति अनुगमन गरेका हौं ।’ 

r 2 6

४ वटा स्थानलमा अनुगमन गरिएको थियो । विश्वकर्मा मन्दिरदेखि दक्षिणमा रहेको २ वटा खानेपानीको वेल र धरान वडा नम्बर १४ र १६ को खानेपानी टयांकी सहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा भुमिगत पानीको श्रोतमा कमी आएको कारण पानी आपुर्ती हुन कठिनाई भएको पाइएको छ । सख्खा याम र खडेरी मौसमकै कारण भुमिगत श्रोतको पानी कम मात्रमा उत्पादन हुने गरेको कर्मचारीहरुले वताएका छन् ।

r 55 1

त्यसैगरि वेलमा रहेको पानी तान्ने सामाग्रीहरुको मर्मत संभार गर्न ढिलाई गर्दा पनि समस्या उत्पन्न भएको छ । अनुगमनका क्रममा ३ वटा वेल विग्रिएरको अवस्था छ  ।सांसद विजय राई धरानवासीले लामो समयदेखि खानपानीको अभाव झेल्नु परेको छ,तत्काल र दीर्घकालिन रुपमा गर्न सकिने योजनाको लागि फिल्डमा नै अनुगमन गरेको वताउनु भएको छ ।


आज(सोमबार) धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईसँग पनि खानपानीको समस्या समाधानका विषयमा छलफल गरिने राईले वताउनु भयो ।उहाँले भन्नु भयो,‘हामी प्रदेश सांसद सहित स्थानीय सरकार प्रमुखलाई खानेपानीको समस्याको समाधानको विषयमा सहयोग गर्ने छौ,गंभीरतापुर्वक काम गर्न तत्पर छौ।’