धरान ।   बजाज मोटरसाइकल खरिद गर्दा भोजपुरका तिर्थ बहादुर तामाङले १  केजी चाँदी प्राप्त गर्नु भएको छ । 

बजाजको धरान स्थित आधिकारिक बिक्रेता अर्बिन एन्ड ब्रोदर्श अटोबाट  तामाङले चैत्र २८ मा १ सय ५० सिसिको पल्सर खरिद गर्नु भएको थियो । हप्तै पिच्छे खोलिने लक्की ड्र अन्तरगत जेठ १५ गते उहाले एक लाख रुपैयाँ बराबरको चाँदी हात पार्न सफल हुनु भएको हो ।

आइतबार  एक कार्यक्रमको आयोजना गरि धरान स्थित अर्बिन एन्ड ब्रदर्श अटो सोरुमका संचालक अर्बिन तामाङ्ले १ केजि चाँदी हस्तान्तरण गर्नु भएको छ ।अफरमा बजाजको मोटरसाइकल खरिद गर्दा १० हजार देखि १ लाख रुपैया सम्म क्यास ब्याक योजना थियो भने प्रत्येक हफ्ता लक्की ड्र बाट १ केजि चादी पुरस्कार घोषणा गरेको थियो । अफर अन्तर्गत तामाङ्ले तेर्हौ विनरको रुपमा १ केजि चादी हात  पार्न सफल हुनु भएको हो ।

सन्चालक तामाङका अनुसार हप्ता भरीबाट देशै भरीबाट बिक्री भएका मोटरसाइकल खरिद गर्ने ग्राहकहरु नामावली संकलन गरि गोलाप्रथाबाट छानिने गरिन्छ । यो वर्षको उपहार योजनामा पुर्वबाट धरान, इलाम, दुहबी, बिराटचोक र पथरीका डिलरबाट मोटरसाइकल खरिद गर्ने ग्राहकले चाँदी उपहार पाएको तामाङले वताउनु भएको छ  ।

बजाजले देशै भरी नयाँ वर्ष २०८० को अवसरमा फागुन १४ गते देखि जेठ १६ गते सम्म अफर लागू गरेको थियो ।