धरान । मोरंगको केरावारी गाउपालिका अन्र्तगतको याङ्शिला–सतिसालेमा शनिवार भएको वृहत एक दिने निःशुल्क आँखा शिविरमा २ सय ७६ जनाले आँखा जाँच गराएका छन् । 

साना किसान कृषि सहकारी संस्था लिमिटेड,पाटी केराबारी मोरंग अन्र्तगत रहेको सतिसाले सेवा केन्द्रको आयोजना र नव दृष्टि आई अस्पताल इटहरीको प्रावधिक सहयोगमा उक्त आँखा शिविर सम्पन्न भएको हो ।

352849256_824424101948028_204300547618901709_n

आयोजक सतिसाले सेवा केन्द्रका संयोजक एवम् सहकारी सस्थाको सन्चालक सदस्य समेत रहेका शंकर दाहालका अनुसार शिविरमा १० वर्ष उमेरका बालबालिका देखि ९१ बर्ष उमेरका जेष्ठ नागरिक समेतले आँखा जाँच गराएका थिए । 

उपचार गराएर घर सम्मकै यातायात व्यवस्था सहित नव दृष्टि आई अस्पताल इहटरीमा मोती विन्दु भएका विरामीले निशुल्क  अप्रेशनको व्यवस्था समेत गरेको सेवा केन्द्रका संयोजक दाहालले बताउनु भयो ।

348386615_185573064472977_9021595941610357430_n

शिविरमा सहभागि मध्ये १८ जनालाई आँखामा मोती विन्दुको समस्या देखिएको थियो भने आँखाको समस्या भएकालाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।   

352829999_249932647631020_589992148599410197_n

शिविरको औपाचारिक कार्यक्रमका प्रमुख अतिथी केरावारी गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष अजय लिम्वु रहनु भएको थियो भने विशिष्ट अतिथी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि बहादुर वस्नेत र अतिथीहरु संस्थाकै प्रवन्धक अमर बहादुर राई,लेखा सदस्य खगेन्द्र लिम्वू,पानवारी प्रहरी चौकी इन्चार्ज योग्य सुवेदी लगायतको उपस्थितीमा भएको थियो । कार्यक्रम सन्चालन सेवा केन्द्रका सचिव कमल कुमार मगरले गर्नु भएको थियो ।     

352807323_792125149291076_2682345161498072821_n