धरान । धरान उपमहानगरपालिका वडा नम्बर –९ वडा कार्यालयले वडामा रहेका विपन्न गरिव र आर्थिक अवस्था न्यून भएका  दलित महिलाहरुको लागि स्वरोजगारमुलक तालिम प्रदान गरेको छ । 

वडाले त्यस्ता महिलाहरुलाई  स्वरोजगार वनाउनको लागि दुई महिने व्युटिपार्लर संवन्धी तालिम प्रदान गरेको हो । २०७९ साल चैत्र २ गते देखि वडाका जम्मा ७ जना दलित महिलाहरुलाई स्वरोजगार वनाउने उद्धेश्यले तालिम प्रदान  गरिएको ९ नम्बर वडाका वडाध्यक्ष रुपेश आचार्यले वताउनु भएको छ ।

3 3

उक्त व्युटि पार्लर संवन्धीको बेसिक कोर्ष गरेका महिलाहरुलाई पुनः अझै एड्भान्स् कोर्ष पनि दिएर थप सीप र क्षमता बढाएर सक्षम वनाउने पनि वडाध्यक्ष आचार्यले वताउनु भयो । उहाँले भन्नु भयो,‘अहिले चलेको व्यवसाय पनि हो व्युटि पार्लर,तालिम प्राप्त भएपछि आफैं नै पार्लर खोलेर व्यवसाय सन्चालन गरि जीविकोपार्जनको राम्रो आम्दानीको श्रोत हुन सक्छ,त्यसका लागि वडाले सक्दो प्रयास र सहयोग गर्ने छ।वडा कार्यालय आफैंले तालिम लिएकाहरुको लागि विभिन्न व्युटि पार्लरमा काम गर्नको लागि समन्वय पनि गरिदिने भएको छ । 

2 2

वडा कार्यालयले लक्षित वर्ग अन्र्तगतको कार्यक्रमबाट वजेट विनियोजन गरि तालिमको आयोजना गरेको हो । वडा भित्र रहेका वडावासीलाई स्वरोजगार वनाउनको लािग वडा कार्यालयले विशेष प्राथमिकता दिएको जनाइएको छ । 

4 1

आज(आइतबार) उक्त तालिमको समापन समेत गरिएको छ । समापनको प्रमुख अतिथी वडाध्यक्ष आचार्य सहित अन्य अतिथीहरुमा वडा सदस्यहरु अम्विका विसुन्के,कृष्ण बहादुर कार्की र इन्दु अधिकारी,दीपज्योती टोल विकास संस्थाका अध्यक्ष समुन श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा तालिम लिएका सहभागिहरुले खुशी व्यक्त गर्दै आगामी दिनमा तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने पनि बताएका थिए । वडाले इन्टरनेशनल ट्रेनिङ एकेडेमी धरान ९ सँगको सहकार्यको तालिम आयोजना गरेको थियो ।