धरान । भोजपुरमा जन्मिएर वर्षौदेखि सुनसरीमा वसोवास गर्नेहरुको साझा सामाजिक संस्था भोजपुर सुनसरी सेवा समाजको  ९ औं वार्षिक साधारण सभा शनिवार धरानमा सम्पन्न भएको छ । 

o

उक्त साधारण सभाको प्रमुख अतिथी तत्कालिन १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको हो । कार्यक्रममा समाजको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सुनसरीका विभिन्न स्थानीय तहका जनप्रतिनिधी र सांसदलाई सम्मान समेत गरेको छ।

s

निर्वाचित जनप्रतिनिधिहरुलाइ कार्यक्रमका प्रमुख अथिती पुर्व मुख्यमन्त्री राजेन्द्र राई, सभाध्यक्ष रेवतीरमण राइले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो  ।कार्यक्रममा समाजका सचिव भुवनसिंह वस्नेतले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

t

उहाँले २०७० सालमा स्थापना भएको समाजमा ६ सय ५० जना आजिवन सदस्य रहेको साधारण सभामा प्रस्तुत  प्रतिबेदनमा उल्लेख गर्नु भएको छ । प्रतिबेदनमा समाजले गर्नु पर्ने भावी योजनाहरु सहित आगामी दिनमा  आफ्नै भवन निर्माणको लागि पहल गर्नु पर्ने, आजिवन सदस्य वृद्धिमा जोड दिनु पर्ने, गैर सरकारी महासंघसङ आबद्ध हुने, सामाजिक सेवालाइ निरन्तरता दिनु पर्ने नीति तथा कार्यक्रमहरु समेत रहेको सचिव वस्तेनले वताउनु भएको छ । 

d

समाजले १ वर्ष भित्रमा सामाजिक सेवाका कामहरु रक्तदान कार्यक्रम, विभिन्न समयमा एउटौ उदेश्य रहेका संगठनहरु संग वार्ता  गर्दै मर्ज गर्दै सहकार्य अघि बढाइरहेको,भोजपुर पुर्खयौली घर भै सुनसरीमा बसोबास गरिरहेका आर्थिक अभावको कारण उपचार पाउन नसक्ने विरामीहरुलाइ आर्थिक सहयोग गरिरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।  

dd

समाजले एक वर्ष भरि गरेको आय व्ययको हिसाव पनि सार्वजनिक गरेको छ ।  कोषाध्यक्ष पोष्टराज राइले २ लाख ९६ हजार २ सय ८७ रुपैयाको आए ब्यय प्रस्तुत गर्नु भयो भने कार्यक्रममा पेश गरिएको साङगठनिक र आर्थिक प्रतिबेदन उक्त साधारण सभाले पास गरेको छ ।