विराटनगर । कोशी प्रदेशको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र  वजेट अन्यौलमा परेको छ । 

संवैधानिक व्यवस्था अनुसार असार १ गते भित्र सरकारले नयाँ वजेट ल्याउनु पर्ने हो तर  बजेट ल्याउने बेला जनता समाजवादी पार्टी र माओवादी केन्द्रले  प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अन्योल बढेको हो ।

जसपाले गएको १७ गते र माओवादी केन्द्रले गएको २३ गते समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । जसपाले गएको १७ गते र माओवादी केन्द्रले गएको २३ गते समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गर्नुभएको थियो, तर अल्पमतमा परेलगत्तै प्रदेशबाट पारित हुने सम्भावना नदेखेपछि उहाँले नीति तथा कार्यक्रम रोक्नुभएको छ । प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन रहेकाले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो । प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् ।