इलाम / नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले इलामको रोङ गाउँपालिका स्थित काेल्वुङमा तीन दिने मल्टिमिडिया तालिम आयोजना गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय काेही प्रदेशकाे सहकार्यमा गरिएको तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भिषण राईले उद्घाटन गर्नु भयो ।

नेपाल पत्रकार महासंघ कोशी उपाध्यक्ष लवदेव ढुुंगानाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रोङ  गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङबोले पत्रकारहरुलाई  समयसापेक्ष अपडेट हुन महासंघले तालिम दिएर राम्रो काम गरेको बताउनु भयो । 

महासंघ केन्द्रीय सदस्य राईले अवको जमना मोवाइल पत्रकारिता अपरिहार्य भएको बताउनु भयो । अवको जमना जसले स्पोटबाट मोवाइल मार्फत सूचना छिटो पुर्याउन सक्छ उ नै पत्रकारितामा अव्वल सावित हुने बताउनु भयो  ।

कार्यक्रमकमा महासंघका प्रदेश उपाध्यक्ष  लवदेव ढुुंगानाले प्रदेश समितिले प्रदेश भरीका पत्रकारहरुको क्षमता विकासका लागि मल्टिमिडिया तालिम संचालन गदैं आएको बताउनु भयो ।

यस्तै तालिम संयोजक तथा नेपाल पत्रकार महासंघका सचिव देवेन्द्र कार्कीले पत्रकारितामा टिकी रहन मल्टिमिडियाको ज्ञान आवश्यक भएकाले तालिमको आयोजना गरिएको बताउनु भयो । अवको पत्रकारिता प्रविधीमैत्री हुनुपर्ने उहाँले  बताउनु भयो । 

यस्तै उद्घाटन कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकार महासंघ प्रदेशले जिल्लाका पत्रकारहरुको क्षमता विकास तथा भौतिक संरचना निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

तालिमको सहजिकरण केन्द्रीय सदस्य राईले गरिरहनुभएको छ । मोवाइलबाट समाचार लेखन, सम्पादन, भिडियो अडियो र एमिएसनको प्रयोगबारे तालिममा छलफल हुने प्रशिक्षक राईले बताउनु भयो । पत्रकारहरु फिण्डमा पुगे पछि  त्यहीबाट समाचार उत्पादन, सम्पादन र त्यहीबाट समाचार प्रशारण गर्न सकने बनाउन पत्रकार महासंघले मल्टिमिडिया तालिमको आयोजना गरिएको तालिम संयोजक देवेन्द्र कार्कीले बताउनु भयो । तालिम तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।  महास‌घ झापा उपाध्यक्ष केशव भट्टराईले स‌चालन गरेकाे कार्यक्रममा सहभागीलाई स्वागत  पत्रकार महास‌घ इलामका सहसचिव प्रेम अधिकारीले गर्नु भएकाे  थियाे । 

352962965_10227273046404819_4005884868580944925_n